गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो ।
तर राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् ।
तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
@thapagk गगन थापा दाईको पुरै भाषण सुनें! अत्यन्तै सन्तुलित !
पहिले का भाषणमा अरुलाई आक्रामक गाली गर्ने शैली बदलिएर आत्मसमीक्षा गर्ने र भविष्य को आशा संचार गरेको पाएँ!
गगन विश्वको यो अदम्य साहसले नेपाली काँग्रेस मात्रै होइन, देशकै मार्गचित्र बदल्नेछ, पक्कै! शुभकामना !
समस्या गणतन्त्रमा होइन, पात्रमा छ
सुशीला कार्की
केदारभक्त माथेमा
कृष्ण खनाल
विद्याधर मल्लिक
र, भोजराज पोखरेलको
सयुंक्त आलेख
‘दल र नेताको त विकल्प निस्कन्छ, तर राजनीति प्रणालीलाई नै धरापमा धकेल्ने कुरा हुँदैन, जनतामा राजनीतिक अलगाव बढ्नु भनेको कुनै निरंकुश र फासिस्ट शक्ति संघारमा छ भन्ने कुराको द्योतक हो।’
https://t.co/wBfnsRG0nY
उपयोगिता समाप्त भइसकेको नेतृत्वसँगै प्रणालीलाई नै जोखिममा धकेल्ने कि नेता स्वयम् बाहिरिने भन्ने प्रश्न सघन भएर आएको छ । समयको सन्देश बुझ्ने नेता पदमा होइन, जनताको मनमा चिरस्थायी हुन्छ । ढिलो गर्ने छुट कसैलाई छैन ।
https://t.co/pZoXWfbceo
म तपाईँलाई यो लेख पढ्न मनैदेखि सिफारिस गर्छु।
[राजावादीहरूले पनि यो पढे तथ्य र तर्कसहित कुरा गर्न सिक्ने थिए कि?]
राजा आउँछन्, देश बचाउँछन्? https://t.co/qdeZTvRsNj
हाम्रो सम्पादकीय:
सरकारका प्रतिनिधिले उनलाई सिधा-सिधा भनून् — कि त संविधान कुल्चिएर राजा बन्ने सपना त्याग र आफ्ना अनुयायीहरूलाई सडकमा भाँडभौलो गर्न रोक, कि त्यसको जबाफदेयिता वहन गर्न तयार होऊ।
https://t.co/npERRj7SQ1
आज तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका नाउँमा जे गरियो, त्यो विशुद्ध अराजकतामात्र थियो । त्यो अराजकताले एक पत्रकार र अर्का एक युवकको ज्यान नै लिएको छ ।
यो दुःखान्तपछि, आन्दोलनका आयोजकहरूले घट्नाको जिम्मेवारी लिन्नँ भन्न पाइन्छ ? त्यहाँ प्रहरीले बलप्रयोग गऱ्यो भन्ने नाममा, वा अन्य कुनै पनि बहानामा यसको औचित्यपुष्टी हुन सक्दैन ।
सिद्धान्ततः राजा फर्काउने माग राखेर शान्तिपूर्ण अभियान चलाउन पाइन्छ, तर आज एउटा समूहविशेषले जसरी सुनियोजित ढंगबाट मान्छेका घरघरमा पसेर आगो झोस्ने, पसल लुट्ने, विमानस्थल र औषधी उत्पादक थलो जलाउने, पार्टी कार्यालय, मिडिया र गाडीहरूमा आगो सल्काउँदै हिड्ने काम गऱ्यो, त्यो कुनै पनि दृष्टिबाट 'राजनीतिक' प्रकृतिको थिएन ।
गुण्डागर्दीमा रमाउने एक बैंक डिफल्टरलाई आन्दोलनको 'कमाण्डर' बनाएर उत्पन्न गरिएको यो अराजकताले पुराना राजावादी नेताहरूको शीर पक्कै निहुऱ्याएको हुनुपर्छ । उनीहरुमा इमान्दारिता छ भने, यस्ता हर्कतबाट आफूलाई जतिसक्दो चाँडो अलग्याउनु वेश !
'नेपालमा गोविन्द केसीका कारण नर्सिङ कलेजहरू भकाभक बन्द भए'
'यहाँका कलेज बन्द भएपछि विद्यार्थी धमाधम भारत गए-सिमानामा भारतीयहरूले भरमार व्यापार गरे'
'केही वर्षपछि फिलिपिन्सबाट नर्स ल्याएर काम चलाउनुपर्ने अवस्था आउँदैछ'
यस्तो सुन्नुभो? यथार्थ जान्नोस्ः
https://t.co/uDiDDNycfR
Only till this Saturday we will be in TRANZIT zone.
हाम्रो नियति नै यही हो । अनेकौँ दु:ख गरेर मञ्च बनायो, महिनौंसम्म रिहर्सल गर्यौ । नाटक मन्चनको डर र उत्साह एकै पटक आउँछ । आखिर मन्चन सकिने दिन पनि आयो ।
अब केही दिनमा ट्रान्जिटको सेट पनि भत्किनेछ ।
नैतिक रुपमा अविचलित युवा मेरो आदर्श हुन्। प्रीतम त्यस्तै एक प्रेरणादायि युवा हुन्। तिम्रो उधम अझै उभो लागोस्। शुभकामना प्रीतम र एलिस्।
https://t.co/7LlxwTZ8o6
महिला उमेदवार यसै त थोरै अनि फेरी खोज्छन राजनीतिमा धेरै भिजेको #सक्षमं महिला 💪🏽 @ranju_darshana लाइ ल्याउनै पर्छ। सिक्ने त छदैछ। वडा तहमा त नड्ने आज सिधै प्रतिनिधि सभा ताकेका छन। बरु रन्जुले त पहिले नै एक लडाइ लडेको हो। #युवा#महिला 💪🏽
ल अब Endorsement शुरु ।
म काठमाडौं ९ को मतदाता भए मिलन पाण्डेलाई भोट हाल्थें ।
साथी भनेर मात्रै हैन विगतमा विभिन्न डा केसीको स्वास्थ्य सेवा सुधार लगायतका अभियानहरुमा उनले गरेको योगदान र शिक्षा क्षेत्र सुधारका लागि निरन्तरको पैरवीका लागि ।
@MilanPandey
Dr KC Surprise दिदै गुण्डुमा घरदैलो कार्यक्रममा आउनुभयो र शुभकामना दिनुभयो। सरलाई मुरी मुरी धन्यवाद!जित/हार जे भए पनि सुसंस्कृत राजनीतिको लागी लुटतन्त्र फ्याँक्ने अभियानमा लागिरहने छु। भक्तपुर क्ष. नं २ मा नेपाल विवेकशील पार्टीको तर्फबाट प्रससउ.
चुनाव चिह्न : कुकुर 🐶
एबीसी, तिलिचो, थोराङ वा एभरेस्ट बेस क्याम्प, हिमालतिर जानुभएको छ?
छ भने त्यहाँ दुई अर्ब मानिसलाई जीवन दिने पानीको स्रोत सुक्दै गरेको प्रमाण याद गर्नुभयो?
https://t.co/fWiglxHKtv