प्रिय बालेन दाई,
जनताको सदियौं देखिको चित्त दुखाइ एक दिनमै मेट्न गारो छ।तर पनि हजुरलाई देख्दा लाग्छ अब सायद कानुन, न्याय र संविधान माथि आश राख्न सकिन्छ जस्तो।कानुन छ न्यायको लागि भन्ने विश्वास अलिकति उदाउँदै छ, कृपया यसलाई अस्ताउन नदिनु होला।
उही नेपाललाई माया गर्ने।। @ShahBalen
एउटा लामो र सकुनको स्वास फेरेको छु आमा। परीणाम जे सुकै आएपनि हजुरको धैर्यता र साहसलाई यो छोरीको सलाम। भगवानले पनि आफू कुनै दिन हरेस खन्छुहोला भनेर आमाको सृजना गरेको हुन् भन्ने कुरा आज महसूस गरे।
मेरो हरेक श्वास बाट हजुरलाई धेरैधेरै माया। @सुशिलाकार्की
आदर्णीय नव नियुक्त प्रधानमन्त्री ज्यू,
हामीले अन्धविश्वास गरेका छौँ हजुरलाई। कृपया, हामीलाई अन्धो साबित नगरिदिनु होला।
धन्यवाद
उहीँ हजुर त फरक हुनुहुन्छ भन्ने आशमा बसेकी जनता।
You guys gonna pay for everything, for your every sins 🙏🙏 बिचरा ती निर्मल आत्मा भएका केटाकेटीहरु को आत्माले सराप छ तिमीहरूलाई।
र
सतीले सरापेको देश त थियो थियो, नेपाल आमालाई जून तरिकाले विभस्त तरिकाले जलाएका छौ नी , आँसु त किन नलाग्नु छ र तिमीहरूलाई।
आऊ भेट गराऊ मलाई म सँगै
म जून भावनाबिहिन हुँदै छु
निर्जीव त हैन म
हरेक पटक श्वास लिँदा मेरो मुटुले जुन रगत मेरा रक्त वाहिकाहरुमा पठाउँछ,
लाग्छ केवल पानीको झोल मेरो शरीरमा ओसारपसार हुँदै छ
तिमीले देखेका त्यो चञ्चल हासोँ छैन अब न त ती चम्किला आँखा
आऊ भेट गराऊ मलाई म सँगै