कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
मैले मानेको आइडोलोजी या मेरो जीवनको लक्षले मलाई जति कठोर देखाउंछ, म व्यक्तिगत रुपले त्यो भन्दा धेरै भावुक छु या हुनसक्छु । तेसैले मलाई बुझ्न मसंग नै संगत गर्नुहोस । ज्ञान समाप्त ।
मनका कुरा ओठसम्म कहिल्यै ल्याउनै सक्दिन, चाहे प्रेमका दुई शब्द होस या कसैलाई भो भन्नु परोस या मनमनै रिस नै किन नभरीयोस खै ब्यक्त गर्नै सक्दिन, के तिमीले मैले नभनी बुझ्न सकौला र मेरो माया, मेरा सहता र मेरा असहजतालाई ?
सहज छैन सफलताको बाटो क्यौं जंघार तर्नुपर्छ,
जस्तोसुकै परिस्थितिमा पनि डटेर सामना गर्नुपर्छ,
दृढ संक्लपका साथ यात्रा सुरु गरे पुगिन्छ गन्तव्यमा,
पन्छाउदै बाधा अड्चन फड्को मारेर अगाडि सर्नुपर्छ।।
#शुभप्रभात_आत्मिय_मनहरु🙏🌞⛈️☕️☕️
🌹❤️