सुखले हाम्रो देह छुन्छ,
केही क्षणका लागि
मुस्कान छाडेर जान्छ।
तर दुःख…
दुःखले आत्मा छुन्छ,
भित्र कतै गहिरो ठाउँमा बसेर
हामीलाई परिपक्व बनाउँदै जान्छ।
सुखले रमाइलो सिकाउँछ,
दुःखले जीवन।
सायद त्यसैले
आत्मा छुन सक्ने अनुभूति
सधैँ दुःखमै लुकेको हुन्छ। 💔
#म_अनि_मेरो_भावना
प्रेम तिमी सँग होइन,
तिम्रो आत्मा सँग छ…
यो माया शरीरको सीमामा बाँधिएको छैन,
न त समयको पर्खालले यसलाई थुन्न सक्छ।
यो त त्यो निस्वार्थ अनुभूति हो,
जुन सास रोकिन्छ तर सम्बन्ध रोकिन्न,
मृत्यु पश्चात पनि आत्माको उज्यालो बनेर
सधैं मेरो वरिपरि रहनेछ। 🤍
#म_अनि_मेरो_भावना