सिद्धान्तमा अविचलित निष्ठा राखी इमानका साथ देश र जनताप्रति समर्पित राजेन्द्र लिङ्देनले नेतृत्व गर्नुभएको राप्रपाका देशैभरका उमेदवारलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ 'हलो' चिन्हमा मतदान गरी बिजयी गराउन जनता जनार्दन मतदातालाई अपील गर्दछौं ।
#voteforhalo#rppfornepal#Raprapa #nabinraprapa #halo
प्रेस विज्ञप्ति
राप्रपाको ०८३ असार ५ र ६ गते काठमाण्डौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले देहायका निर्णयहरु गरेका छन्।
राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जेष्ठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने, उक्त बैठकले महाधिवेशनको कार्यतालिका टुङ्गो लगाउने र उक्त कार्यतालिका महामन्त्री धवल शमशेर राणा समेत रहेको समितिले आगामी बैठकमा प्रस्ताव गर्ने टुङ्गो लागेको सार्वजनिक भइसकेकै छ।
यसरी पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको अवस्थामा अप्रत्यासित रूपमा महामन्त्री डा. धवल शमसेर राणाको पार्टीबाट बहिर्गमनको समाचारले आश्चर्यचकित भएको छु।
म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरुको आह्वान, नेता, कार्यकर्ता र आम शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछु।
साथै, पार्टीका प्रवास र देशभरका विभिन्न तहका नेता, कार्यकर्ता साथीहरूलाई पार्टी एकता र हाम्रा शुभेच्छुकहरूको भावना विपरीतका क्रियाकलापहरूमा संलग्न नहुन र विचलित नभई एकताबद्ध भएर स्थानीय तह र जिल्ला अधिवेशनको प्रक्रियामा सक्रिय हुन अपिल गर्दछु।
प्रेस निमन्त्रणा
राप्रपाको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित झण्डोत्तोलन एवं शुभकामना आदानप्रदान समारोहमा उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछु। समारोह अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा, पूर्व अध्यक्षहरुको विशेष उपस्थितिमा एवं नेताहरुको उपस्थितिमा हुनेछ।
कार्यक्रमः
मिति : २०८३ जेठ १५ गते, शुक्रबार
समय : बिहान ९:०० बजे
स्थान : राप्रपा केन्द्रीय कार्यालय, चारुमतीबिहार, चाबहिल
राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा संसदमा जोडतोडका साथ उठाएको छ। संविधान संशोधन कार्यदलले तयार पारेको बहस पत्रको प्रारम्भिक मस्यौदामा राप्रपाले दिएको सूची समावेश छैन। '०७२ मा जनताका सुझावलाई जुटको बोरामा थन्क्याइए जस्तो यसपटक डिजिटल बोरामा थन्क्याउन दिदैनौं'-खुस्बु ओली, राप्रपा प्रमुख सचेतक
प्रेस विज्ञप्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको उपस्थितिमा संसदीय दलको बैठक बसी माननीय ज्ञान बहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मतीले निर्वाचित गरेको छ। साथै संसदीय दलको नेताले माननीय श्री खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेको छ।