प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति । Spokesperson, Rastriya Prajatantra Party
गोरखाको दुर्गम गाउँ लाप्राक, धार्चेका युक्त गुरुङ नामले परिचित पुरबहादुर गुरुङ दशौं पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएकोमा हार्दिक बधाई। शेर्पा समुदाय बाहेक सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने गुरुङ पहिलो व्यक्ति समेत हुनुहुन्छ।
तस्विर : गोरखाका पत्रकार शिव उप्रेतीबाट ।
हाम्री गोरखाली प्रिय चेली, आरुघाटकी पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको छैठौं पटक सफल आरोहण गरेको खबरले खुशी तुल्याएको छ।
एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान पनि उनकै नाममा छ।
तिमीलाई धेरै बधाई पूर्णिमा, शुभकामना ।
@poornimashresth
राजधानी छिर्ने मुग्लिन-नागढुंगा सडकखण्ड सुधारका लागि सरकारले हतारोमा काम गरिरहेको होला भन्ने अपेक्षा राख्दछु।
वर्षात अगावै यो सडकखण्डमा यथोचित सुधार नभए आवतजावत एकदमै कष्टकर र अप्रिय हुने निश्चित छ।
सरकारको ध्यानाकर्षण गराउँदछु ।
@ShahBalen@PM_nepal_
नेपालमा क्यान्सरका बिरामीका लागि अति आवश्यक किमोथेरापी औषधिहरू विशेषगरी ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’को बजारमा अभाव भएका कारण बिरामीहरूको उपचार रोकिएको र उनीहरुको जीवन जोखिममा परेको समाचार आइरहेको छ।
म तत्काल अत्यावश्यक औषधिहरुको व्यवस्थाका लागि औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय र समग्र नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।
#DrArunShahi #CancerVictimNepal
विद्या भण्डारीलाई एमालेले आखिरमा सदस्यता दिनु नै रैछ त, उबेला दिएको भए नेपाली राजनीतिको कोर्स अहिलेको होइन अलिक अर्कै बाटोमा हिड्ने थियो !
बल्ल खाइस् मङ्गले आफ्नै ढंगले !
बलात्कारजन्य घटनामा जोडिएर घण्टी सांसद कृष्णकुमार कार्कीबारे आएका समाचारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा सार्वजनिक गरोस् !
यो वर्षलाई 'खील झिक्ने वर्ष' घोषणा गरिएको छ, आफ्नाहरुको 'खील जोगाउने' काम नहोस् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम प्रा.डा.जयन्तनाथ खनाललाई पार्टीको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ। डा.खनाल लामो समय त्रिविमा कार्यरत हुनुहुन्थ्यो। उहाँ पार्टीको केन्द्रीय सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष हुनुहुन्छ। @jayant_n_khanal
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ।
बैठकले आगामी २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने,आम निर्वाचनका कारण स्थगन रहेका स्थानीय तथा जिल्ला अधिवेशनका कार्यक्रमहरूलाई निरन्तरता दिने र
आगामी महाधिवेशनको कार्यतालिका प्रस्तावित गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह महामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिने लगायतको निर्णय भएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, हालै सम्पन्न निर्वाचनको समिक्षा, प्रदेशस्तरीय समिक्षा बैठकको प्रतिवेदन, केन्द्रीय समिति बैठकको मिति र एजेण्डा, संविधान संशोधन सम्बन्धमा पार्टीको धारणा लगायतका विविध विषयमा छलफल भइरहेको छ।
राप्रपाबाट मधेस प्रदेश सभाको रिक्त स्थानमा निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य पदको प्रमाणपत्र लिएपछि पार्टी केन्द्रीय कार्यालय आइपुग्नु भएकी माननीय सरिता कुमारी ठाकुर ।
यसअघि कन्चन बिच्छा पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भइ कारबाहीमा परेकीले सांसदबाट फिर्ता बोलाइएको थियो।
राष्ट्रप्रमुखले आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सरकार प्रमुख उठेर हिड्ने प्रचलन यसअघि थिएन, आज प्रधानमन्त्री बीचमै हिड्नुभएको अनौठो दृश्य देखियो। स्थापित मानकहरु भत्काउने अभियानमा रहनुभएका प्रधानमन्त्रीको आज संसदको 'मुभ' व्यक्तिप्रतिको वितृष्णा कि व्यवस्थाप्रतिको ?
निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न जेठ १ गते शुक्रबार बिहान ११:०० बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ।
अख्तियारद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धमा थप कारबाहीको प्रक्रिया अगाडि बढाइनु सकारात्मक कार्य हो।
भ्रष्टाचार राजनीतिक नेतृत्वको संरक्षण बिना कर्मचारीले मात्रै गर्न सक्दैनन् तल्ला तहका कर्मचारीलाई मात्रै कारबाही गरेर भ्रष्टाचार रोक्न सकिँदैन। तसर्थ भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ भन्ने हाम्रो निष्कर्षलाई आफ्नो अध्ययनपछि अख्तियारले अगाडि बढाएको छ।
भ्रष्टाचार जसले र जहिले गरेको भएपनि उन्मुक्ति पाउनु हुँदैन।
पछिल्लो समयको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको छानबिन गर्ने कार्यको नेतृत्व र निष्कर्ष दिने अवसर पाएकोमा खुसी लागेको छ। चुनौतीपूर्ण यस कार्यमा सहयोग गर्नुहुने समितिका सबै धन्यवादको पात्र हुनुहुन्छ।
राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरू आज केबलकार चढेर हाम्रो गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न पुग्नुभएको छ।
माता मनकामनाले सबैको कल्याण गरुन् ।
तस्बिर स्रोत- मनकामना केबलकार ।