आज सम्पन्न भएको राप्रपा गोरखा जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएका रमेशरमण खनाल लगाएत सम्पुर्ण पदाधिकारी सदस्यहरूमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना।
२०५८ जेठ १९: नेपालको इतिहासकै त्यो अकल्पनीय र स्तब्धकारी कालो रात,जसले नारायणहिटी दरबार हत्याकाण्डमा जनप्रिय राजा वीरेन्द्रको सिंगो वंशनाश गर्यो।
नेपाली मानसपटलमा आज पनि अनुत्तरित प्रश्न र गहिरो चोट बनेर रहेको यस दिनले देशको राजनीतिलाई सदाका लागि बदलिदियो। दिवंगत राजपरिवारप्रति हार्दिक श्रद्धासुमन!🇳🇵💐
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
सिद्धान्तनिष्ठ साथीहरूलाई मेरो अपिल- फुटेर होइन,जुटेर मात्र बलियो राष्ट्रवादी शक्ति बन्छ।कसैलाई चित्त बुझोस् नबुझोस्,केही कमी-कमजोरी भए तापनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोक्ने मूल र आधिकारिक शक्ति अहिलेको अवस्थामा राप्रपा नै हो।यसैलाई बलियो बनाउनुपर्छ र बनाउन सकिन्छ।यो सत्यलाई महसुस गर्दै धैर्यताका साथ अघि बढौँ
स्वयं भारतले समेत आजसम्म नेपालले सिमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनु सर्वथा उपयुक्त हुन सक्दैनः कमल थापा, पुर्व परराष्ट्रमन्त्री
https://t.co/WASlqMKYLh
सर्लाही सुकेपोखरि निवासी राप्रपाका केन्द्रीय सदस्य मिना झाको पति शंकर झाको असामयिक निधन भएको खबरले दुख लागेको छ ।
दिबङ्गत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल झा परिवारमा गहिरो समबेदना प्रकट गर्दछु ।
-५० युनिटभन्दा माथि विद्युत प्रयोगमा लागेको भ्याट,
-शिक्षा र स्वास्थ्यमा लागेको कर, -विद्युतीय गाडीमा कर बढाउने नीति गलत छ।
सरकारले सच्याउनुपर्छ।बरु सुर्तिजन्य पदार्थमा अझै थप कर लगाउनुपर्छ
@ShahBalen@SwarnimWagle
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक कलहले विभाजनको रूप लिइरहेको चर्चा चलिरहँदा पार्टीका तीन पूर्व अध्यक्षले पार्टीमा छाड्ने वा पलायनको सोच नराख्न र कुनै पनि आत्मघाती कदम नचाल्न सामूहिक अपिल गरेका छन्।
https://t.co/vkl1lQO48T
वक्तव्यमा गत निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसके पनि एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढे छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
#onlinekhabar
https://t.co/ai01JZ209y
राप्रपाका तिन पूर्व अध्यक्षहरूको संयुक्त वक्तव्य:
"आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गरिनेछ। तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौँ। पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ। तसर्थ, अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ"
देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरी विगतका तीता-मीठा घटनाहरू बिर्सेर हामी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका हौं। राजनीतिक आरोह-अवरोहको क्रममा चुनावमा हारजित हुन्छ। हारजितबाट चिन्तित र विचलित हुनु पर्दैन। राप्रपाको भविष्य उज्ज्वल छ। हामीले अवलम्बन गरेको विचार र सिद्धान्त कहिल्यै मर्दैन। पार्टीभित्र केही समस्या र विकृतिहरू छन्। तिनको निराकरण पार्टीभित्रै खोज्न सकिन्छ र खोज्नुपर्छ भन्ने हाम्रो अनुभव छ। निकट भविष्यमा हुने महाधिवेशनले पार्टीमा नयाँ उर्जा र दिशा प्रदान गर्ने नै छ। नेतृत्वले सबैलाई समेटेर जाने, पार्टीभित्र सबैको सम्मान र अपनत्व कायम हुने वातावरण बनाउनुपर्छ। यो वास्तविकतालाई दृष्टिगत गर्दै पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न म पार्टीका कार्यकर्ता र सहयोगीहरूमा अपिल गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति र एउटा बलियो राष्ट्रिय विकल्प निर्माणमा जुटौँ
@RajendraLingden@dsjbrofficial