Do you remember when you joined Twitter? I do! ए यो ह्याण्डल पनि छ साल पार गरेछ त यार... तर बिहेको एनिभर्सरी मनाउन भने खप्पराँ नलेख्या रहेछ क्यारे !🙄🤗🤣 #MyTwitterAnniversary
"आगो हो ताप्नु मुढा को
कुरा हो सुन्नु बुढा को..."
भन्ने गीत धेरै पैले सुनेको थिए... किन त्यसो भनिएको रहेछ भनेर आज आएर बुझ्दैछु कि "बुढापाका को कुरा र मुढा को आगो धेरै समय सम्म टिक्छ/रहन्छ" भनेर पो रहेछ, ढिला बुजेछु नत्र आज रुनु पर्दैन थियो सायद !
निन्द्रा पनि लाग्दैन यार अचेल... के भयो किन भयो कसरी भयो र के हुने लक्षण देखा पर्दैछ म मा पता नहि, हो यहि यस्तै कुराहरु सोच्दा सोच्दै पनि निद हराउछ बेलाबेला त !
कसैलाई हाँसो अनि कसैलाई अचम्म लाग्दो रहेछ दुखिको पिडामा... तर तर हात अनि साथ दिने विरलै हुँदा रहेछन्, तर अफ्सोच! त्यही विरलै: पनि भेटिएनन् बरै जिबनमा... !
रुँदारुँदै गर्दा छरिएर आउने मुस्कान का किरण हरुले जो कोहि लाई लोभ्याउने गर्छ तर हाँस्दा हाँस्दै रुँदाको पिडाले किन होला है प्रायः लाई रुवाउने ? अचम्म लाग्छ "जहाँ पनि उल्टो र सुल्टो" पाउँदा !
मंसिर ले धेरैलाई पिरोलेको देखियो टुइटर हुँदै फेसबुक सम्मको यात्रामा... तर खै आफुलाई त "काग लाई बेल पाक्यो, हर्ष न विस्माद" भनेझैं भएको छ, धेरैले भने "राज हटाएर कुमार मात्रै राख्दा हुन्छ तेरो नाम" भनेर ! #पिरलो
एउटा टुइट लेखौं भनेर सोच्दै थिए, साला मोबाइल को ब्याट्री ले साथ दिएन... आफैले आफ्नो अनुकूलता मा युज गर्न सकिने सामानले त साथ दिएन भने अरु त झन को नै होलान् र है यो दु:खि लाई साथ दिने...?
हाम्रो देश नेपालका कतिपय जिल्ला हरुलाई पक्की त परै कच्ची रोड ले समेत जोड्न सकेको छैन नेपाल सरकारले भने "१८ करोड को गाडी" कहाँ गुडाउन को लागि किन्न लागिएको हो नेपाल सरकार ?
"नेपाली जनताले नेपाल सरकार बनाइएको हो या नेपाल सरकार ले नेपाली जनता ?" कोहि कसैलाई थाहा छ भने जानकारी पाउँ न है, हामी पनि जानिराखौं... एक न एक दिन काम लाग्न सक्छ सो !