टाढा छौं,
कहिलेकाहीँ,
अनेक सोच आउला!
मन भारी होला,
शंका पनि लाग्ला!
तर तिमी पीर नलिनु, प्रिय!
म जहाँ भएपनि, जे भएपनि,
सधैं तिम्रै भएर बाँचेको हुनेछु!
@rai_matina 🙏😘🥰💕
प्रेम व्यक्त गर्ने मार्गहरू
अनगिन्ती हुन्छन्,
र म चाहन्छु
मेरो शेष जीवनभर
शब्द, स्पर्श र व्यवहारको
मधुरताबाट
तिमीलाई अनुभूति गराइरहूँ
कि मेरो अनुराग
कति गहिरो र शाश्वत छ। ♥