तपोबन,
बुढेसकाल लाग्दै जान थालेपछी योग,ध्यान,साधनामा मन लाग्नुपर्छ अरे भनेर यहाँ आईछु म त। के के ज्ञानगुनका कुरा बुझ्छु होला कुन्नी! थोपडा हेर्दै भयंकर ज्ञानि जस्ती छेस भन्छन केरे घरमा त। के रछ यो थोपडा भन्नी फेरि🤔😜🤣🙈😎
दादाहरुले छुट्टै कार्यालय खोले भनेर कोहिदुखी या खुशीहुन पर्दैनभो। दुवैतिर सबैराम्रा र सबैखराब पनि छैनन। दुवैतिरका गणेशहरु तिनभित्ता उफ्रनु चैं ठिकै होला किनकी भएनभका अरुको कुरा लाउदै घुम्नेबाटो सागुरियो। म काँग्रेसलाई त तातो न छारो। जम्मैलाई मरुभूमिको राजा नै बन्नु छ। लगेरहो😏
क्रियाशिल अध्यावधिक गर्नुसका सबैले किन हो र निहुँ खोज्नी? हालका संस्थापनहरु संयम हुनुस संयम भएकै सुहाउछ। इतर ज्युहरु पनि आफुले रोपेको मलजल गरेको रुखमा यस्ता जुझारु कार्यकर्ता फलेफुलेकाछन।संगठन र मुलुकको लागि राम्रोकाम गर्छौ अराउनुस सिकाउनुस भनेकैछन। यसैमा खुशिमान्दा हुन्छ त हौ।
आश्चर्य मात्रै लाग्दैन कि मलाई त हैरानी नै लाग्छ जब चर्चा बाहिरी रंङ को हुन्छ भित्री गुण, स्वाभाव,बानिब्योरालाई नजरन्दाज गरिन्छ। लाचारी,लोभिपापि दुनियाँ धत😏😎
लगेरहो मुन्ना भाइ...
कांग्रेस फलेनफुलेन भने चराचुरुङ्गी पनि गुँड लाउन, बासबस्न,फल खान घामपानीमा ओतलाग्न नपाएर आत्तिन्छ्न, अरुको के कुरा धेरै छिटो हजुरहरु सबैले ओए काँग्रेस कता हो आउनु पर्यो भन्नुहुन्छ।हेर्नू होला!! तर म कांग्रेस लाई चैं त्यो बेला पनि कांग्रेसिले लखेट्ने नै होलान। चाप्लुसी तन्त्रेहरु
🧿🧿
कति नाँऊ छन यहाँ धारमा बसेका
कति जिन्दगी भुमरीमा फसेका
प्रणय आसमा कति दिप बल्छ
👇️
दुख गरेर भिडियो बनाउछु तर के गर्नु भ्युजको उर्लापात त फेरि सिङ्गल डिजिटमै अडकिन्छ र पो,हे बरै लाईक त झन कहाँ पाउनु! यहाँहरुलाई देश बनाउदा बनाउदै फुर्सद मिल्यो भने हेर्दा हुन्छ त! 🤣😜🙈🤣
यहाँ त जम्मैलाई भौमानै हुनु छ। मुन्छे हुन त कसैले पनि मनै नगर्नी किन होला नि? मान्छेकै खडेरी पर्नी जस्तो भै सक्यो भन्या।🤔दुनियाँ सारा को कल्याण गर्नुहोस हैं प्रभु!
सबैसबैको जय होस!🙏
जोसुकै ले जेसुकै भनेपनी नेपाली कांग्रेसका श्रद्देय सभापती गगनकुमार थापा "The Gagan is the Gagan" नै हो ल🤝👏🇳🇵
समयको माग हो पार्टी भित्रबाट पनि सभापतिलाई सहयोग गर्नु नै नेपाली कांग्रेस, मुलुक र मुलुकबासिको हितमा छ।मननपरे उछितो काड्ने र मन परे देबत्वकरण गर्ने कांग्रेसी चरित्र हैन।
प्रिय @hamrorabi जी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!
@Gaurav_Paudel हो नि पहिला पनि भन्नू भाथ्यो। अहिले मैले केही भन्न सकिन किताब आएपछी हेरौला। जस्ले आवस्यकता ठानेर गरेको भएनी गरेको भए राम्रै भो, छैनरैछ भने यसलाई के गर्ने गरौला। अहिलेलाई यत्ती भन्न सके कतैबाट केही नभएको रैछ भने अर्को पटकलाई जिम्मापनी लिए। फोन सम्पर्कको लागि पनि अनुरोध गरेहै🙏
ओहो समाजमा मनोसामाजिक समस्याको चाप !
प्रभावितहरु साइकियाट्रिस्टकोमा जानै नखोज्ने, चिकित्सकहरू पनि जसले भेट्यो, आफ्नै कित्ता अनुसारको दबाइ ठेल्ने ।
वैदेशिक रोजगारी, बिखन्डित सामाजिक संरचना, सामाजिक संजालको प्रभाव र चरम महत्वाकांक्षाले सृजित अवसाद।
काउन्सलर चाहियो काउन्सलर!🧐
फरक बिचार, सिद्धान्त, फरक बिचारको पनि उत्तिकै सम्मान र ईज्जत। रास्ट्रियता, बिकास निर्माण र मुलुकको हितको मुद्दामा ऐक्यबद्धता। यहि हो हामी पुराना दल भनिनेहरुको संस्कार। माननीय ज्यु स्वास्थ राज्यमन्त्री हुदा मेरो जिल्लामा भब्य स्वागत गर्दैगर्दाको फोटो सामाजिक सन्जालले सम्झायो🇳🇵🙏😍