लोकतन्त्रलाई जनहितको साधनको रूपमा प्रयोग सुनिश्चित गर्न अभियानरत आम नागरिक ।
Views are personal & subject to be disputed only in the Martian jurisdiction🙃🇳🇵
@brb1954 विकासको लागि बैदेशिक लगानी र ब्यापार प्रवर्द्धन प्रमुख कुरा हुन्। त्यसका पूर्वसर्त हुन् भ्रष्टाचार र राजनीतिक अस्थिरताको अन्त्य/न्यूनीकरण। जनताले यसतर्फ बिबेक पुर्याई भ्रष्टाचार र अस्थिरताका संरक्षक पुराना राजनीतिक दल लगायत लाई पत्तासाफ गर्नुपर्छ। आफ्नै भविष्यको निर्माणको लागि।
"ओलि देउबा प्रचण्ड, तिम्रो माफिया मोहले
देश हुन्न प्रसन्न "
"एक दुई तिन चार
बन्द गर भ्रष्टाचार "
"We are with
Dr Govinda KC "
"हाम्रो स्वास्थ्य हाम्रै हातमा,
हामी डा केसीको साथमा "
माईतिघर- बानेश्वरमा पटक पटक घन्काईएका यि नाराहरु याद छ ? डा केसी पागल हुन् भने "म पनि पागल हुँ" भनेर आ-आफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ??
Sasmit Pokharel
शिशिर खनाल Biraj Bhakta Shrestha
विगतका हरेक सरकारले डा. केसी सँग गरेका सम्झौता र (यहि सरकारले गरेको सम्झौता समेत)अब यहि "हाम्रो" सरकारले कार्यान्वयन गर्नुपर्छ। डा. केसी एक्लै लडेका होईनन् तपाई हामी सँगै लडेका थियौँ। अब ति मुद्दाहरुलाई मुकाममा पुर्याउने दायित्व बहन गरौँ।त्यो बृद्द शरीरलाई यातना नदिऔँ। डा केसीसँग आजै वार्ता सम्पन्न गरी उहाँको जिवन रक्षा गरियोस्।
@Olking07 Speculative 2040 map after WW3 and AI rise. Blue: AI-controlled hubs and server networks. Green: human survivor enclaves in remote areas. Red: wastelands and nuclear scars. Borders fluid, population down sharply. Pure fiction.
पत्रकारले स्रोतको जगेर्ना गर्नु उसको धर्म हो। पेशागत धर्म। समाचार कक्षमा सुरक्षाकर्मी प्रवेश गरेर पत्रकारसँग सूचना लिन जुन तहको अवैध र अप्राकृतिक अभ्यास सतहमा देखियो- यसले सुरक्षा नग्नता प्रकट गर्छ। सरकारले यस्तो हर्कत रोकोस्। लोकतन्त्रमा यस्तो लज्जा नदेखाऊ।
सीधाकुराले डार्क फाइल नामक सिरिज प्रसारण गर्यो। सर्वाेच्चको रजिष्टारले fake भन्दै रिट हाल्यो, न्यायधीशहरुले लाज छोप्न सम्पादक, प्रकाशक र श्रोतवालालाई जेल पठाए तर
त्यो नक्कली भनिएको अडियो घटनाक्रमले सक्कली प्रमाणित हुँदै गएको छ र सर्वोच्चले फेरि नक्कली च्याट हो भन्ने सम्भावना छ।😊
३०–३१ वर्षे इलम सापकोटाको ‘नेक्सस’ हेर्दा सबैलाई आश्चर्यमा पार्ने खालको देखियो। इलम, इलम, इलम भनेर चिच्याउनूको खास अर्थ छैन। इलम यस्तो विम्ब हो जसले हाम्रो राजनीति, अदालत र सुरक्षा प्रशासनलाई एक्कै पटक ऐना देखाइदिएको छ। हाम्रो प्रणालीको धरातल यो तन्नेरी देखाइदियो। उसको भागको दण्ड उसैले भोगोस्, सुध्रन पर्ने र सुधार्ने जिम्मा लिएकाहरुले यो रोगको निरुपण कसरी गर्छन्, हेर्नुछ।
सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ!
हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ!
तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?
देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है!
शेरबहादुर देउवाको राजनीतिक योगदानप्रति म सदा सम्मान गर्छु। तर शक्ति र सत्तामा बसेर यत्तिका वर्ष– उनीहरुको ‘इकोसिस्टम’ले जे बिगार्यो, जे भत्कायो त्यसको लेखाजोखा सकिएको छैन। जहाँ विलोमको सिद्धान्त र दलको केपी ओली समेतलाई एउटै सिण्डिकेटीय खल्तीमा ल्याइयो– त्यसको राजनीतिक अपराध, त्यसको प्रशासनीक र सामाजिक अपराध कसले जिम्मेवारी लिन्छ? त्यतिमात्र होइन, नयाँ पुस्ताको रगतको हिसावकिताव कसैले गरेन। नयाँ भनिएका पाङदुरेहरुले पनि कुनै लय देखाएनन्। आज ‘ज्ञानेन्द्रले त मलाई सकेनन्, अरुले सक्लान्’ भन्ने जुन अहम् चुनदेवीमा देखियो– बुझिराख्नु– ज्ञानेन्द्रले नसकेकै हो। बालेनले सकेन भने त्यो ‘क्रोनिक इको सिस्टम करेक्सन’ गर्न कोही न कोही आउँछ। यसलाई राजनीति भनिन्छ। शेरबहादुर देउवा आज किन एक्लै देश फर्के। आरजु र भुषण राणा खै?
देउवा, ओली, प्रचण्ड सत्तामा हुदा लेखिएका भ्रष्टाचार, बदमासी काण्डमा फलोअप किन आइरहेको छैन सम्पादकज्यूहरु? यति, ओम्नी, वाइडबडी, गिरीबन्धु… लगायत अनेक काण्ड क्या!!
उनिहरु सत्तामा नहुदा फलोअप आए केही हुन्थ्यो कि!
उनिहरुलाई लाग्न पर्ने डर सम्पादकज्यूहरुमा देखिन्छ अचेल। किन होला?😂
थुप्रै सत्य हुन्छन्, संसारमा थुप्रै तथ्य हुन्छन्। कुन टिप्ने, कुन छोड्ने राष्ट्र स्वार्थले प्रेरित हुनपर्छ।
विवादित बिषयमा बहस गर्न धनी, बलिया देशले सुहाउँछ, तिनका विद्वानले सुहाउँँछ
आज तिब्बत, भोलि कश्मीर, पर्सी प्यालेष्टाइन ? के बहसका नेपाली मुद्दै छैनन्, सुपर सम्पादकज्यू ?
@Shilapatra कनिस्ट लाई प्रन्या दिएर २/३ को सरकारले तिमर्को न्याय सम्पादन झुर कोलेटी को हो भनेर भनि सके पछि साँच्चैनै अब्बल भएको भए राईनामा ठोकेर चल दिन्थे, यसरि अनेक ताना बाना रचेर झुन्डेर बस्दैन थिए ! 😜
प्रदिप अधिकारीले लिएको मात्र खोज्ने! दिएको नखोज्ने!!
आफू विरुद्ध समाचार kill गर्न प्रदिप अधिकारीले दिल खोलेर दिएर कतिको लाइफ बनाइदिएका छन्। त्यत्रो योगदानको मुल्यांकन नगर्ने राज्य मुर्दावाद!!😂😂
@KANepal बिना NGO, बिना ट्राफिक कक्षा एकै झट्कामा पब्लिकमा पार्किङ सचेतना, आफनै कुमतिले गर्दा मिडिया 'अनधिकृत पार्किङ' को सट्टा 'शंकास्पद गाडी' शब्दावली प्रयोग गर्न बाध्य, नियम तोड्न पाउनुपर्ने तहको स्वतन्त्रताका पक्षधर हरुले भोलिपल्टै मारे युटर्न - यस्ता पोजेटिभ कुरा नजरअन्दाज नहोस्।😂