मुटु थियो तिमी सँगै मेरो मन थियो
सास रहुन्जेल साथहुँने बचन थियो
तिमीहुँदा मेरो साथमा सबथोक छ
मेरै पैताला मुनि सिङ्गै गगन थियो
ऐले पो कङ्गाल भएको हुँ म प्रिय
कुनै बेला म सँग प्रेमको धन थियो
ऐेले जिम्मेवारीले मुस्काउन दिँदैन
हाँस्ने रमाउने सुखद बचपन थियो
अब त यस्तो लाग्छ
हराएका चिजहरु कहिल्यै भेटिदैनन
न त्यो बालापन भेटिन्छ
न ती साथिसंगी भेटिन्छन
न झरी ��ाच्ने ती चन्चल मन भेटिन्छन्
न पुतलिको पछि भाग्ने ती दिनहरु भेटिन्छन
न आमाको काख
न बाबुको हात
जिन्दगीको सफरमा
रहर र बाध्यताको ��छि भाग्दाभाग्दै
छुटेका कुराको त हेक्कै नहुने रहेछ।