आजकल शासक हरु को भे्ला छ शहर मा
तँ ठुलो अनि म ठुलो भन्ने बे्ला छ सहर मा ।
छैन यहा मतलब कसैको कसैलाइ
भिड भाड अनि ठेलम ठेला छ सहर मा ।
हराएको मानबता खोज्न पसे बस्ति भित्र
अस्तित्वको मोलमोलइ अनि मेला छ सहर मा ।
चिन्दैनन यहा कसैले ममता का मन हरु
लड्ने अनि लडउने खेला छ सहर मा ।
मैंले नचिनेकी म !
न माइतिकी छोरी
न घरकी आमा ।
मैले मलाइ म भन्ने
बेला देखीनै नचिनेकी म ।
वाबु को नाम को पहिचान
जति प्यारो लाग्छ ।
श्रीमान को नाम को
पहिचानमा उतिकै गर्व गर्ने म ।
अनी मेरो आफ्नै कुनै पहिचान
नभएकी म ।
दुख छ र त सुख को महत्व छ ।
मृत्यु छ र त जीवन को अर्थ छ ।
अंधेरो को महसुस हुन्छर त
उज्यालोको आभास गर्न सकिन्छ ।
पातलमा पाउ छ र त आकाश को
उचाईको आकांक्षा राखिन्छ ।
धर्म छ र त आध्यात्मको बोध हुन्छ ।
कर्म गरेर त फलको आश राखिन्छ ।
ज्ञान पाएर ज्ञानी भएका हरूले बिज्ञानका एक्सपर्ट बैज्ञानीक हरूलाई नमान्ने , अनी बिज्ञानका एक्सपर्ट बैज्ञानीक हरू ज्ञानीलाई नमान्ने साॅच्चै समाज ब��थीती तिर जादैछ ।