I feel no pressure today, Ronaldo doesn’t have anything to prove anymore
Win, You’re still my love & the GOAT
Lose, You’re still my love & the GOAT
If it’s the last time, so be it. Let’s enjoy King❤️🐐
अधुरोपनमै अमर भएको प्रेम... 🖤
केही प्रेमहरू मिलनका लागि होइन, सम्झनाका लागि जन्मिएका हुन्छन्। अनुमति, अधिकार वा कारणले होइन, निस्वार्थ भावनाले बनेको सम्बन्ध समय सँगै टुट्न सक्छ, तर मनबाट कहिल्यै मेटिँदैन। कहिलेकाहीँ अधुरो रहनु नै प्रेमको सबै भन्दा सुन्दर अन्त्य बन्छ।
अनुमति मागेर त केवल दरबारमा प्रवेश पाइन्छ, कसैको मुटुमा होइन। तिम्रो प्रेम बेपरवाह थियो, त्यसैले त यो अमर भयो। यदि कारण अर्कै हुन्थ्यो भने सायद कथा अर्कै हुन्थ्यो होला, तर आज तिमीले जुन पश्चातापका साथ मलाई याद गरिरहेका छौ नि... मलाई लाग्छ, यो अधुरोपन नै हाम्रो प्रेमको सबैभन्दा सुन्दर हिस्सा हो।
#म_अनि_मेरो_भावना
हृदयका हरेक कुरा व्यक्त गर्न सम्भव छैन
त्यसैले त भगवानले बनाइदिए
एक फिक्का मुस्कान, आँसु, इशारा र यी काप्दै गरेको हातहरू...
र बाँकी रहेका ती अधुरा कुराहरू जसलाई शब्दले कहिले छुन सकेन ,
तिनलाई सम्हाल्न भगवानले यो "मौनता "बनाइ दिए ।