जीन्दगीको यो कुन फेज हो खै, लेख्न बस्यो शब्दै आउँदैन । भोक्याबुलरी गुमाउँदै छु कि पर्स्पेक्टिभ, ठ्याक्कै त हेक्का छैन, तर केही त अमूल्य पक्कै छुट्दै छ, छुटाउँदै छु।
Being introverted is hard. Sometimes you can’t even open to yourself. I wonder how people stay at such ease opening to others. It must have been so relieving, Or not!🤔🤷♀️
शिक्षक पनि उति गतिला त छैन्न ।
तर , खराब भन्दा खराब शिक्षक पनि औसत निजामती कर्मचारीभन्दा चै असलै हुन्छन् । त्यसकारण शिक्षकलाई निजामती कर्मचारी भन्दा कम सेवासुविधा दिनुपर्ने कुनै कारण छैन । कम्तिमा सुविधामा समानता चैँ हुनुपर्छ ।
पूर्णबहादुरजीले भनेजस्तो राज्यलाई अर्बको अतिरिक्त भार पर्छ र बहन गर्न सक्दैन भने निजामतीको अतिरिक्त सुविधा हटाइदिए बराबर गर्न ��किन्छ । तर भेदभाव गर्न भने हुन्न ।
wtf is sadhguru doing in Nepal? Inventing god? seriously???Let Mahabir pun invent a chips machine instead. We have enough gods, so maybe he’s just inventing a new generation who brainlessly defend the religion and don’t understand what it actually means. Nepal is next India. sad.
देशभित्रै हुँदा देवनागरी लिपि यति प्रिय कहिल्यै लागेन, न त दालभात नै, न यतातिर आकलझुकल देखा पर्ने घाम न उतातिर असाध्यै धेरै गरिने आराम । त्यसैले सायद वि-देशमा पनि देश हुँदो रैछ ।🌺
जे भए नि 'तिमी र म समान हो, ढोग्न पर्दैन' भन्न त सकिन्छ भो। त्यति भन्दा नि नमाने 'ल आऊ न त, म नि तिम्लाई ढोग्छु उसोभए' भने�� ढोग साटासाट गरे कति गजब हुन्थ्यो। 🙃
When my mom made little steps that went from outside the house to in and told me these are steps for Goddess Laxmi,I wondered why would virtuous Goddess need us to show her the path? Now I get it, isn't about what you do, its all about the efforts you make! Efforts are beautiful.
शब्दहरु रित्तिए जस्तो
भावना नै सिद्धिए जस्तो
मलाई नै पछाडि छोडेर मेरै जीन्दगी अघिअघि भागेको जस्तो
मेरो कोठाको, मेरो घरको, मेरा मान्छेको, मेरो देशको कताकता न्यास्रो लागेको जस्तो, कताकता न्यास्रो लागेको जस्तो....
फोटासंग खेल्दै गर्दा अक्षरसँग अलि टाढा भइएछ क्यार। फोटा जति नै सुन्दर किन नहोउन्, अक्षर तब याद आउँदा रैछन् जब या त मन ख���ली हुन्छ या मन यत्ति भरिन्छ कि ओकल्नका लागि माध्यम खोज्छ। म अक्सर सोच्छु, अक्षर हुँदैनथे भने म यी सोचका खतरनाक जंजालबाट कसरी स्वतन्त्र हुन्थेँ। अक्षर बाबाकि जय।
विश्वभर जनस्वास्थ्य विषय प्रति आकर्षण वढिरहेको वेला हाम्रोमा BPH पढ्न रहर गर्नेको संख्या कम देखियो, हुन त जनस्वास्थ्य पढेकै बाउ-आमाले छोराछोरीलाई अरु विषय मै जोड गर्छन।विषय वारेमा जनचेतना फैलाउन पर्ने पो देखियो 😊😊
In momo's world, Momo lai achar sanga khada khada achar binako momo ko swad nai duniyale birsela bhanne darr bho. Achar does enhance the taste of momo, yet momo is delicious on its own. Same shit happens in people's world too.
#randomempathyformomo
I get tired of people. I get tired of smiling and I so so get tired of small talks. Some days, I feel comfortable with them, and some days I feel like how have I tolerated them for this long. People are weird, so am I.
'पर्ख' अब 'रुक' बन्दा, 'गोर्खा' लाई 'गुर्खा' ले विस्थापित गर्दा, म सम्झन्छु 'सीजन' नाम अनौठो वा भन्न अप्ठ्यारो लागेर हो कि, धेरैले 'सिर्जन' वा 'सिर्जना' भन्नुहुन्थ्यो । मलाई थाहा त हुन्थ्यो कि मैलाई बोलाइँदै छ, तर आफ्नो अस्तित्व नभएको भान् हुन्थ्यो। आगन्तुकता अक्सर खल्लो हुन्छ।
जीन्दगीमा अनपेक्षित द���:खहरु सबैभन्दा ठूला गुरु हुन्। ती आउँछन् र जीन्दगी सिकाउँछन्। नत्र, सुख र सफलता खासै गतिला मास्टर हैनन्, यिनले प्राय: 'अ' र 'आ' मात्र सिकाउँछन्, अहंकार र आलस्य।