बजार भाउ आकासिएको छ,बजारमा ग्याँसको चरमअभाब छ,सडकको पेटिमा बच्चा जन्माउन बाध्य छन पैसाको अभाबमा,सुरक्षा निकाएका प्रमुखको बिरुद्दमाआफ्नै सांसदले बिष बमन गर्दा सरकार चुप छ,शिक्षामन्त्री खेदिएका छन कार्यक्रमबाट,माननियहरु जे मुखमाआयो त्यहि बोल्दैछन।बाढिले मुलुक अस्तव्यस्त,बाँकि के छ?
अब सरकारले गर्न सक्ने वा गर्नुपर्ने उत्कृष्ठ काम भनेको खोलाको किनारमा छरपष्ट रहेका मृतक लासहरुको संकलन मात्र हो।यदि यत्ति मात्र काम सरकारले गर्न सक्यो भने सरकार सफल भैगयो।किनभने अरु त गर्न सकिने बल बुताले भ्याउन सक्ने काम नै रहेनछ देखियो भोगियो पनि।हामि बल्ल आफ्नो हैसियतमा आयौं।
हिजोको अकल्पनीय विपदमा परी ज्यान गुमाउने हुने सम्पूर्णमा हार्दिक श्रद्वान्जली र घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु। मेरो कार्यक्षेत्र पनि धादिङ नै भएकोले हिजोको घटनामा फोन तथा सामाजिक संजाल मार्फत मप्रति चासो, चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने सबैजनाप्रति ऋणी छु। म आफ्नो कार्यक्षेत्रमा सकुशल रहेको जानकारी गराउछु। सबैप्रति साइनो अनुसारको सम्बोधन र माया 💜
देश अफ्ठेरोमा परेको बेला सबैले सरकारलाई आ-आफ्नो ठाउँबाट बलियो साथ दिऔं। मैले मेरो १० दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषलाई सहयोग गर्ने निर्णय गरेको छु। अनि तपाईले नि ?
आज तिब्बतमा हिमताल फुटेर भोटेकोशि नदिमा बिष्फोटन सहित आएको बाढिले रसुबा धादिङ लगायतका जिल्लास्थितका बस्तिहरुमा ठूलो जनधनको अकल्पनिय क्षति हुन पुगेको छ।हराएकाहरुको खोजि भन्दापनि बचेकाहरुलाई उद्दार गर्नुपर्छ पहिले।सबैले सरकारलाई साथ दिनुपर्छ।संकटग्रस्त क्षेत्र तत्काल घोषणा गरौं।