@SandhyaKh143 प्रेम मागेर पाइँदैन, त्यो त अपमान बन्छ
झुकेको मन सधैँ कसैको पहिचान बन्छ
दिनेले गुमाउँदैनऊ त बलियो हुन्छ
माग्नेको अस्तित्व आफैँ कैदखान बन्छ।
बराबरी जहाँ छैनत्यहाँ माया छैन
त्यो सम्बन्ध केवल सहनशीलताको नाम बन्छ
मालिक र गुलामी एउटै घरमा भए पनि,
त्यो घरमा प्रेम हैन—सधैँ सन्नाटा बस्छ।