सबै ज्ञानी विद्वान छन् खुब यहाँ
सिपालु असाध्यै झुठ खेती गर्न
मिठा बोली व्यवहार चिल्ला
कुम्लो पार्ने मौका कुरी बस्छन्
के हुन्छ भोलि पत्तो छैन कुनै
आफ्नो भागमा कति छ मात्रै हेर्छन्
ओरालो तिर समृद्��िको बाटो !
सबै ठिक्क
जान्दैन उ हुदैन होईन यो त
भन्ने आट गर्ने पो कसले ?
मैले कहीं कतै
नदेखेको सपनाबाट
झल्यास्स बिउँझदा
आँखा अघिल्तिर
भेटिएको मेरो मान्छे
ओझेल परे पनि
जिन्दगीको यात्रा
मुसुक्क मुस्कुराउदै
मायाको पोल्टामा
बाँचेको अनुभुती
सजी��� झै लाग्छ !!
✍️संगी अशोक
उ भन्दै थियो ...
बबुरो गठबन्धन पोईला हिड्यो
यो होनि पारा ...
अब किन हार्ने ?
राजनीतिको कुनै धर्म हुन्न
तिनलाई मात्र थाहा छ र ?
रास्ट्रपति पक्का आफ्नै पोल्टामा
बाकी देखाजाला .....
हात्ती आयो हात्ती आयो फुस्सा
आगामी झट्का मध्यावधि
गयल भैस पानी मे .....
उ भन्दै थियो ....
३ हाइकु :
(१)
आउँछ याद
सताउछ रातीमा
झरी परेसी !!
(२)
जे छ उसैमा
रमाउन जान्नेले
जिउन जान्यो !!
(३)
यो छाती भित्र
दिल झुल्ले खोपीमा
म भित्र तिमी !!
-संगी
मनचोर झै लाग्छ हरिया पहाड मलाई
पानी, हावा, दाउरा, लौरो , दलिन, फर्निचर .....
विविध सुविधाको स्रोत हो बन जंगल
हरियो बन हाम्रो धन त्यसै भनिएको होईन है ...!!
जसले जतिसुकै आदर्शका कुरा फलाके पनि दुर्गम हिमाली भेगमा खाद्यान्�� अभाव, गरीब जनताले औषधी नपाएर अकालमा मृत्युुवरण गर्नुपरेको, अतिआवश्यक बस्तुको मुल्य अस्वभाविक बढेको, कोभिड १९ जोखिमको बेलामा चाडबाड आए संगै बजारमा थामिनसक्नु मान्छेको हुल नियन्त्रण कसले गर्ने ? स र का र खो ई ?
असम्भव आफैमा कमजोर रहेछ अ हटाउन सम्भव भित्र धेरै अटाउने रहेछ्न् , हुन त सम्भव ३ र आधा जोडको सिङ्गो रुप हो बबुरो अ १ एक्लो सम्भव खल्बलाउन खोज्ने दम्ब । विश्व राजनीतिको विश्वविद्यालय झै बनेको छ नेपालको राजनीति , ��ंसद र जनप्रतिनिधिको भुमिका ।
यो नै अन्तिम बुझाई रहे गलत हुन सक्छ!
छाती भित्र
ओत लागेको
अदृश्य खोपी
मनको कन्तुरमा
पालिएका रहरहरु
जीवन यात्राको
कयौं भंगालोहरुमा
छछल्किन खोज्दा
अन्यौलको घोचामा
टेकाइएका सेतुहरु
छट्पटिका बाछिटाहरुले
चोकट्याउनु अगाडि
हिम्मत भाचिएन भने
बाचिनुको अर्थ
सोध्नु र खोज्नु नपर्ला !!
- संगी अशोक
नजानेर नबोलेका
कहाँ हुन् र
देश प्रेमीले?
नभोगेर नभनेका
कहाँ हुन् र
देश भक्तिले?
हेरेरै अघाएका
कहाँ छन् र
भोका पेटले ?
रुदैरुदै बगाएका
कहाँ हुन् र
पानी आँखाले?
एक दिन
अ���श्य आउने छ
अनि त
घोच्ने छन्
टोक्ने छन्
तात्ने छन्
आगो झै
पोल्ने छन्
खरानी पार्ने छन्
अधर्मी असत्य !!