नारीको पीडा
शब्दमा कहाँ अटाउँछ र…
ऊ त मुस्कानभित्र
हजारौँ आँसु लुकाएर
बाँचिरहेकी हुन्छे।
सबैको दुःख बुझ्ने उसलाई
उसको दुःख बुझिदिने
मान्छे कमै भेटिन्छ।
आफ्नै घरमा
पराई झैँ महसुस हुँदा,
मन टुक्रिन्छ,
यही त हो—
नारी हुनुको गहिरो पीडा। 🥀💔
सुनसान रात…
झ्यालबाहिर चन्द्रमा छ,
तर
मनभित्र अँध्यारो मात्रै
सबै निदाएका छन्,
म भने आफ्नै सम्झनाहरूसँग लड्दैछु
कहिलेकाहीँ एक्लोपन
मान्छेको अभाव होइन,
आफ्नो मान्छेले नबुझेको
पीडा रहेछ। 🥀🌙
दिनभरि सबैलाई हँसाउँदै बिते पनि,
रात परेपछि मनले आफ्नै कथा सुनाउँछ।
केही अधुरा चाहना, केही नबोलेका पीडा,
अनि केही मान्छे… जसलाई सम्झनु बाहेक केही गर्न सकिँदैन।
शुभ रात्री 🌙
भोलिको बिहानले आजभन्दा सुन्दर मुस्कान ल्याओस्।
🌸💚🙏
बुहारी भएर घर त आएँ,
तर छोरीजस्तो कहिल्यै हुन सकिनँ।
सबैलाई आफ्ना ठानेर मन दिएँ,
तर मेरो मन बुझ्ने कोही भएन।
हाँसेर सहँदै गएँ,
रातमा सिरानी भिजाउँदै गएँ।
घर त यही हो मेरो…
तर कहिलेकाहीँ लाग्छ,
म नै यो घरकी मान्छे होइन छु। 🥀
आजको दिन
विशेष थियो
तर
मन भने
उस्तै उदास थियो
वरिपरि उज्यालो थियो,
भित्र कतै अँध्यारो
बसिरहेको थियो।
सबै सँग हाँसेँ,
तर
आफ्नै मनसँग हारिरहेँ
शुभकामना का शब्दहरू आए,
तर एउटा
आफ्नोपनको आवाज आएन 🥀
एक्लोपन
भीडले भरिएको संसारमा,
मेरो साथ भने मेरो सास मात्रै छ।
हाँसो ओठमा टाँसिएको छ,
तर आँखा भित्र
वर्षौंदेखिको वर्षा छ।
रातले मेरा कुरा बुझ्छ
चन्द्रमाले मौन उत्तर दिन्छ।
मानिसहरू नजिकै छन्,
तर आफ्नोपन
कतै हराएको छ।
सायद एक्लोपन सजाय होइन
मनलाई चिन्ने एउटा यात्रा हो
कतिपयले सिरानीमा टाउको राख्ने बित्तिकै निद्रा भेट्छन्,कतिपयले भने सम्झनाको भीडसँग फेरि एउटा रात बिताउँछन्।
भोलिको बिहान नयाँ आशा लिएर आउला भन्ने विश्वासमा,आजका सबै थकान, पीडा र अधुरा चाहनाहरू यही रात लाई सुम्पिदिऔँ।
शुभरात्रि। 🌙
समयले
धेरै कुरा सिकायो।
सबैलाई खुसी पार्न खोज्दा
आफैँ हराइँदो रहेछ।
अबताली होइन,
शान्ति चाहिएको छ।
नक्कल होइन,
पहिचान चाहिएको छ।
त्यसैले,
मलाई म जस्तो बन्नु छ।
#bittertruth#
नक्कलको भीडमाहराउनु छैन।
तुलनाको दौडमाथाक्नु छैन।
अरूको आँखाबाटआफूलाई हेर्नु छैन।
आफ्नै विश्वासमाउभिनु छ।
आफ्नै मूल्यमाबाँच्नु छ।
गल्ती आफ्नै होस्,सिकाइ पनि आफ्नै होस्।
जित आफ्नै होस्,हार पनि आफ्नै होस्।
किनकि,मलाई कसैजस्तो होइन,
मलाई म जस्तो बन्नु छ।
#alonegirl#
मान्छे
अनुहार सबै उज्याला हुन्छन्,
मनका झ्याल भने सबैका खुला हुँदैनन्।
हाँसो ओठमा सजिलै फक्रिन्छ,
पीडाको आवाज भने सजिलै सुन्न पाइँदैन।
समयले बिस्तारै सबैको परिचय खोल्छ,
को फूल बनेर सुगन्ध दिन्छ,
को काँडा बनेर घोच्छ।
त्यसैले हतारमा कसैलाई देवता नमान!