नेकपा(एमाले) मा नेताहरुका वरिपरि परिक्रमा गर्ने गणेशहरु र पछि पछि कुद्ने हनुमानहरुले आफ्नो दु:ख मिहिनेत संघर्ष त्याग तपस्या सबै कुरा १ महिना मात्र नगर्दिने हो भने आधा समस्या समाधान हुन्छ ।
कसैको लागी सहरको सौर्न्दर्यको बाधा भयो
कसैको लागि टहरा भयो
तर त्यो
एउटा परिवारको सपना हो
एउटा परिवारको भविष्य हो
सहर सुन्दर त्यो बेला हुन्छ
जब यहाँ हरेकको ओठमा हाँसो र टाउकोमा सुरक्षीत छानो हुन्छ
समाजले आफ्नै सामर्थ्यमा विश्वास गर्न छोडिसकेपछी उद्दारकर्ताको खोजी गर्छ। नायकका पगरी गुथिएकाहरु केवल वचनमा बलिया कर्ममा कम्जोर देखिने नै भए। शक्तिको प्राप्ति भन्दा त्यसको विवेकपूर्वक प्रयोग नै परिपक्वता हो।
त्याग, संघर्ष र बलिदानबाट कोरिएका सुनौलो अक्षरहरु हाम्रो जीवन परिवर्तनमा र यसको कार्यान्वयनमा कति सफल भए त्यसबाट मात्र संविधानको जीवन र आत्मालाई महसुस गर्न सकिन्छ,अनुभुती गर्न सकिन्छ। सम्पूर्णमा संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना।
२०७९को प्रतिनिधिसभाको निर्वाचन परिणामबाट कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा दुई दल मिलेर सरकार बनाउने विकल्प पनि एउटा मात्र थियो;संसदका सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा(एमाले)को समीकरणबाट,यो प्रयोगबाट एउटा निकास दिनुपर्ने थियो।२ वर्ष गिजोलियो; अब कोर्स करेक्सन भएको छ।
आजको नेपाली राजनीतिको यथार्थ....!!!
विचारधाराहरु मरिसकेपछी
भावना,प्रोपोगन्डा र जालझेलको राजनीति प्रारम्भ हुन्छ
त्यसैबाट Populistको उदय हुन्छ
अर्को त्यो भन्दा बढी populistको जन्म नभएसम्म त्यो Populistको आयु रहन्छ।
"देशमा कम्युनिष्टको शासन आए बोल्न पाइदैन",कुनैबेला देउवाको अभिव्यक्ति हो यो।सायद प्रचण्डलाई हेरेर नै यो अभिव्यक्ति दिएको हुनुपर्छ।
प्रचण्ड,राणा र राजामा के फरक भयो र?
खै वाक स्वतन्त्रता र लोकतन्त्र?
बोलेकै आधारमा थुनिनु पर्ने
श्री ५ प्रचण्ड महाराज कि जय!!!
संसदीय लोकतन्त्रको भद्दा प्रहसन चलिरहेको छ।
संसद प्रतिपक्षको हो,प्रतिपक्ष बिहिन संसद संसदीय व्यवस्थामा परिकल्पना गर्न सकिँदैन।प्रतिपक्षको भूमिकाले नै संसदमा सन्तुलन र नियन्त्रण कायम गर्छ,यो संसदीय व्यवस्थाको सौन्दर्य हो र यसले नै संसदीय गरिमा र मर्यादालाई उच्च बनाउछ।
अभियोग लाग्नु भनेको अपराधी होइन।जबर्जस्ती करणी जस्तो संवेदनशील मुद्दामा जाहेरी दिदा आफू अन्यायमा परेको कुरा उठाउदा पैसाको लागि र आसलाग्दा युवाहरुलाई फसाउन खोजियो भन्ने जस्ता लज्जास्पद अभिव्यक्ति नदिएकै राम्रो होला।कमसेकम हामी न्यायको पक्षमा उभिनुपर्छ।
लोकतान्त्रिक संस्कार र संसदीय अभ्यास र प्रक्रियाको महत्त्वलाई नबुझ्नु; संसद जीवन्त छलफलको थलो नबन्नु नै संसदीय व्यवस्था प्रतिको निराशा र लोकतन्त्रमा देखिएको खतरा हो।
राजनीति प्रतिको वितृष्णाका कारण जन्मिएका राजनीतिक पात्रहरुबाट अहिलेको समस्याको समाधान हुनै सक्तैन।न विचार, न सिद्धान्त: यस्तो पात्रहरुको राजनीतिक अवसान फेरि विचार भन्दा माथी देशमा पुगेर हुने हो।नेपालको फुटबल भएन म पनि नेपालको मेसि बन्छु भनेर म जोसिए जस्तै हो।
आफू चरित्रवान बन्नका लागी अरुलाई चरित्रहीन देखाउन पर्दैन र आफू अग्लो हुन अरुको खुट्टा काट्न पर्दैन।आफ्नो चरीत्र राम्रो बनाउने,चरित्रवान हुने।आफ्नो उचाइ बढाउने,अग्लो हुने।यति यथार्थ बुझे हुन्छ।
आज अबिर दलेका हातले कालो मोसो दल्न नपरोस्
आज फुलको माला लगाएका हातले जुत्ताको माला लगाउन नपरोस्
सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना