म तिमीलाई अन्त्य र अनन्तसम्म प्रेम गर्नेछु।
तर केही शर्तहरू हुनेछन्।
म तिमीलाई हर परिस्थितिमा स्वीकार गर्नेछु।
तर तिमीलाई त्यसलाई मेरो कमजोरी होइन,
मेरो प्रेम सम्झिनु।
विकल्पहरूले भरिएको यो समाजमा,
म हरेक पटक तिमीलाई नै रोज्नेछु।
तर तिमी त्यसलाई मेरो आवश्यकता होइन,
मेरो प्रेम सम्झिनु।
म हरेक पटक तिम्रो सामु निहुरिएर,
तिमीलाई फकाउनेछु।
तर तिमी त्यसलाई मेरो मजबुरी होइन,
मेरो प्रेम सम्झिनु।
म आफ्नो सर्वस्व तिमीमा अर्पित गरिदिनेछु।
तर तिमी त्यसलाई मेरो अस्तित्वको लोप होइन,
मेरो प्रेम सम्झिनु।
यो दुनियाँ पछि पनि म,
तिमीलाई भेट्ने प्रतिक्षा गर्नेछु।
तर तिमी त्यसलाई मेरो अधुरोपन होइन,
मेरो प्रेम सम्झिनु।
म कहिल्यै पछुतो मान्ने छैन,
बस् तिमी मेरो प्रेम सम्झिनु, प्यारी !
@rai_matina 😘❣️🫀💘
कोलाहलभित्र कतै एउटा शान्त गुञ्जन हौ तिमी,
मेरो उजाडिएको मरुभूमिमा शितल साउन हौ तिमी।
के परिभाषा खोजौँ र यो पवित्र प्रेमको यहाँ?
अक्षरले भन्न नसक्ने एउटा दिव्य मौन हौ तिमी।
योगी नारायण नाथ