संविधान संसाेधन जस्तो गहन बिषय याे निर्धो नागरिकले बुझ्ने कुरा भएन! तर, सत्ता दोहनको निरन्तरता जारी रहने कुरा निर्धक्क भन्न सकिन्छ । #जागाैं_नेपाली#जय_नेपाली#जय_नेपाल
नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भएको छ । यसको शुरुआत नेकपा (एकीकृत समाजवादी) गरे कसो होला ! अध्यक्षमा घनश्याम भुसाललाई चयनले एकीकृत समाजवादीको अस्तित्व जोगिनेछ । पुस्तान्तरणको प्रभाव अन्य पार्टीहरुमा पनि पर्नेछ र लोकतन्त्रलाई सबल बनाउनेछ । #जागाैं_नेपाली#जय_नेपाली#जय_नेपाल
१२ कक्षालाई माध्यमिक शिक्षा (स्कुल) बनाएको हो भने यो SEE को रोईलो किन ? कमसेकम राज्यको समय, अर्थ र स्रोत-साधनको वचत हुन्थ्यो! विद्यार्थी र अभिभावक तनावबाट त मुक्त हुन्थे । यसले शिक्षाको गुणस्तर वृद्धि गर्नमा कुनै हालतमा मद्दत पुर्याएको छैन । #जागाैं_नेपाली#जय_नेपाली#जय_नेपाल
खेतवारी सबै बाँझो राख्ने, बचेखुचेका घरघडेरी बनायर पैसा कमाउने, अनि गमलामा धान रोपेर मुलुकलाई आत्मनिर्भर बनाउने रे ! हाँस्नु पनि कति ? हाँसेरै मरिने भो । #जागाैं_नेपाली#जय_नेपाली#जय_नेपाल
सहकारी ठगी प्रकरणले मुलुकको अर्थतन्त्र धरासायी अवस्थामा पुगेको छ । फलत: करिव ७१ लाख वचतकर्ता प्रभावित भएका छन् । बिषयको उठान कसले गर्यो भन्दा पनि अनुसन्धान प्रक्रिया किन रोकिदैछ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । ठगीको प्रकृति अनुसार उच्च स्तरीय न्यायिक छानविन आयोग गठन हुनुपर्दछ ।