देवी सरस्वतिको कलात्मक अभिनयमा स्वयम् भगवान् बुद्धका वाणीझै�� निस्किरहेका शब्दहरूले पनि समाधान दिईरहेको छैन।देवीका हाउभाँऊहरु रंगहिन फूलझैँ फिक्का देखिन्छन्, बुद्धका आवाजहरु कानै खाने अप्रिय सुनिन्छन्।कहिलेकाहि हो एस्ता हजारौँ प्रश्हरुनका उत्तर पनि मात्र केहि कप चियाले दिँदो रहेछ।
सायद एक्लोपनालाई एक घातक मानसिक रोग भनि गलत बुझाइएको रहेछ क्यारे। डुबेर त हेर्नुस महासय, हस्तिनापुरको सुख र बिन्द्रावनको शान्ति पाईनेछ।जालझेलबाट मुक्ति र घृणातृणा बाट छुट्टि मिल्नेछ।अरु���ाई होईन् आँफूलाई माया गरि संसार जितिनेछ।तर ख्याल रहोस् यो औषधि हो, नशा नबनोस्।🙏🙏
प्रत्येक नँया आर्थिक बर्षको बजेट भाषण सुनिसकेपछि विकाश हुने भो भनेर उत्सव मनाउनु पर्ने ठाँउमा, देब्रे हातमा झुत्रे शिरको टोपि र दायाँ हात पुरपुरोमा राखेर हैट साले भोलि देखि फेरि महँगी बढ्ने भो भन्दै रात भर छटपटाउने देशको जनता हुँ हजुर।
कठैबरा राजनिति।।
बर्षमा ३ वटा प्रेम सम्बन्ध फेर्ने उ/उनी, समाजमा बैबाहिक सम्बन्ध तोड्नु हुन्न, घरको झगडा हो, समाजनै बदान हुन्छ भन्दै कुर��लिएको देख्छु भगवान्।
आखिर के नै फरक छ breakup र divorce मा। मन र सम्बन्ध त दुवैमा टुट्छ अनि दुखाई पनि बराबरिनै होईनर्।
मान्नुस् वा नमान्नुस्, ठिक ठान्नुस अथवा गलत भन्नुस्, यथार्थ यहि होकि घण्टौँ कुरा गरेर नथाक्ने र कुरा बुझ्नेहरु सँग समाधान हुँदैन अनि समाधान हुने सँग भन्न मन लाग्दैन।।।
मेरा देशका राजनेता भनाँउदाहरुले १४ अंचल ७७ जिल्ला घुम्दा कोरोना नलाग्ने, अनि म जनता भनाँउदो चाँहि ३ महिना बन्द कोठामा बसेर, कृपया मलाई सुरक्षित घर जान देउ भन्दा पनि व्यवस्था हुन सकेन रे। #EnoughIsEnough