शौर्य र सौन्दर्यको अनुपम संगम त्यो कान्ति,
जसको उपस्थितिमा नै मिल्छ एउटा अद्भूत शान्ति।
मार्तण्डझैँ तेजस्वी, शैलझैँ अचल मुहार,
पौरुषी त्यो ओजमा अटाएको छ सिङ्गो संसार।❤️
#Sirjushah
हराएको सिलिन्डर होइन,
हराएका आफन्त खोजौँ,
हराएको साथीभाई खोजौँ,
आफैभित्र हराएको मानवता खोजौँ,
सम्बेदनशिलता खोजौँ ।
सकेसम्म दुखेका घाउहरुको मलमपट्टी बनौँ ।
अलि अवस्था सामान्य भएपछी डलर त फेरि पनि कमाउनुहोला ।
अहिलेलाई कम्तिमा,
गलत समाचारहरु सम्प्रेषण नगरौं,
पुराना तथा अन्य देशहरुका फोटो-भिडियोहरु राखेर भिउजको खेती नगरौं,
जोखिम रहेको क्षेत्रमा ज्यान नै जोखिम राखेर फोटो-भिडियो खिच्न त्यो क्षेत्रमा नजाउँ,
घाइते अवस्थाको फोटो र लासको फोटो-भिडियो संजालमा नराखौँ, यस्तो दृश्य उनिहरुको आफन्तले देख्नुभो भने अझै धेरै पीडा थपिदिन्छ ।
धमिलो पानीमा माछा मार्ने उदेश्यले राहतका धेरै पसल नखोलौँ,
सकिन्छ, सरकारको एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने गरि सोही कोषमा सक्दो सहयोग गरौं ।
यो समयमा सकेसम्म ज्यादा रक्तदान गरौं, कम्तिमा रगत अभावले घाइतेहरुको ज्यान जान नपाओस ।
आउनुस, सबै मिलि सरकारलाई सहयोग गरौं , विपद आइ नै सक्यो, क्षति भई नै सक्यो र पनि थप क्षति न्यूनीकरण गर्न हामी सबै हातेमालो गरौं ।
बाढीको पानीले घर मात्र डुबाउँदैन,
कहिलेकाहीँ मान्छेका वर्षौँका सपना पनि डुबाएर लैजान्छ।
कसैले घरको छानो गुमाउँछ,
कसैले अन्न, धन–सम्पत्ति…
तर सबैभन्दा ठूलो पीडा त त्यो हुन्छ,
जब आफ्नै आँखा अघि आफ्नो संसार बगिरहेको हुन्छ
र बचाउनका लागि हातमा केही हुँदैन।
बाढी थामिए पछि पानी त घट्छ,
तर पीडाको भेल कहाँ यति सजिलै घट्छ र ?
आँगनमा जमेको हिलो पखाल्न सकिएला,
भत्किएको घर फेरि बनाउन सकिएला,
तर बाढीले मनमा बनाएको डर,
आफन्त गुमाएको खालीपन
र आँखामा जमेको आँसु
समयले पनि सजिलै मेटाउन सक्दैन।
आज कसैको घरमा चुलो बलेको छैन भने,
कसैको शरीरमा कपडा छैन भने,
कसैको आँखामा आफ्ना प्रियजनको खोजी छ भने,
त्यहाँ हाम्रो एउटा सानो सहयोग पनि
ठूलो आशा बन्न सक्छ।
बाढीले धेरै कुरा बगाएर लग्यो होला,
तर हाम्रो मानवता बग्न नदिऔँ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
साँझले आकाशभरि
आफ्नो लाली फिंजाउदा
मेरो मनले फेरि
तिम्रै अनुहारको आकृति कोर्छ।
अब भन,
कहाँ कहाँ छैनौ र तिमी?
मेरो दृष्टिको क्षितिजमा
मेरो श्वासको लयमा
मेरो मौनताको गहिराइमा
सबैतिर तिम्रै उपस्थिति छ
सायद प्रेम भनेको
यही हो
संसारलाई हेर्दा
जताततै एउटै अनुहार देखिनु।❤️
कति खतरनाक हुन्छ
एउटा बोली
जाऊ..
फगत एउटा शब्द न थियो
कोही हराइदियो- नभेटिने गरी।
कति कोमल हुन्छ
एउटा स्पर्श
छुनु..
फगत एक छुवाई न हो
तर बिझाउँछ- समय असमय
हुन त घाम उही न हो!
तर फरक पर्छ
बिहानको कलिलो किरण
र रापिलो मध्यान्हमै।
जसरी
प्रेमको पनि त मौसम हुन्छ!
हुन्न र?
☺️
🇳🇵परिवर्तनका लागि मतदान !!🇳🇵
पैसा , पावर र प्रलोभनमा होइन ,परिवर्तनका लागि मतदान गरौं !
घरमा सबैलाई स्वागत गरौं तर आफ्नो मनको सुनौं !
आफ्नो मताधिकार को सही सदुपयोग गरौं ।❤️🙏
🇳🇵"जय देश , जय नेपाल" 🇳🇵
पशुपतिनाथ मन्दिरमा बलेको दीपज्योति जस्तै हाम्रो जीवन पनि उज्यालो बनोस!
आस्था बलियो भए जीवन पनि बलियो हुन्छ अहंकार, डर र निराशा हटाएर साहस र विश्वास भरिदियोस्।भोलेनाथले देशमा शान्ति, परिवारमा सुख र हरेक नेपालीको कर्ममा सफलता दिऊन्।सम्पूर्णमा महाशिवरात्रिको हार्दिक शुभकामना।
🕉️
सारा दिन
आकाशका बादल हेर्दै
तिम्रो यादमा ढल्किन्छ
जव साँझ पर्छ,
बतासको मन्द स्पर्शले
गुनगुनाउँदै भन्छ-
म उसैलाई छोएर आएको हुँ
पातहरुको गुञ्जन
सुन्छु
झ्यालका पर्दाहरु हलिन्छन्
र शिशिरको
यो चिसोमा
मेरो हृदयमा तिम्रो न्यानो स्पर्श हुन्छ
र म अनायासै मुस्कुराउँछु ।♥