युएई लोटरीमा रु. १ अर्ब २३ करोड जित्ने पाँच नेपालीले गरे राजदूतसँग भेट, रकम नेपालमै लगानी गर्ने घोषणा
तिलु शर्मा पौडेल
दोहा
संयुक्त अरब इमिरेट्स यूएई मा सञ्चालन हुने The UAE Lottery को ३० मिलियन दिराम \(करिब **नेपाली रु\. १ अर्ब २३ करोड**\) को ग्रान्ड प्राइज जितेका पाँच जना नेपाली युवाले बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा महामहिम राजदूत तेजबहादुर क्षेत्रीसँग भेट गरी प्राप्त पुरस्कार रकम वैधानिक रूपमा नेपाल पठाई स्वदेशमै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पुरस्कार जित्ने टोलीमा गोर्खाका तैयव खान, पाल्पाका सन्दीप बि.क., नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने रहेका छन्। उनीहरूले संयुक्त रूपमा खरिद गरेको लोटरी टिकटमार्फत ३० मिलियन दिरामको ऐतिहासिक पुरस्कार जितेका हुन्।
भेटका क्रममा विजेता टोलीले लोटरीबाट प्राप्त रकमलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहेको बताउँदै आवश्यक सहजीकरणका लागि नेपाली राजदूतावास तथा नेपाल सरकारसँग सहयोगको अनुरोध गरेको थियो।
महामहिम राजदूत तेजबहादुर क्षेत्रीले नेपालमा उपलब्ध विभिन्न लगानीका सम्भावनाको अध्ययन गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो। साथै, पुरस्कार रकमलाई वैधानिक रूपमा नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा राजदूतावासबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटघाटमा प्रभु बैंक यूएईका प्रतिनिधि प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे तथा नेपाल उद्योग वाणिज्य महासंघका सचिव केदारनाथ अधिकारीको पनि सहभागिता रहेको थियो।
यसअघि यूएईका प्रमुख सञ्चारमाध्यमहरूले जनाएअनुसार, विजेता टोलीका सदस्य तैयव खान अबुधाबीमा सुरक्षा गार्डका रूपमा कार्यरत छन्। चार वर्षअघि रोजगारीका लागि नेपालबाट यूएई पुगेका उनले आफ्ना चार नेपाली साथीसँग मिलेर नियमित रूपमा संयुक्त टिकट खरिद गर्दै आएका थिए। उनीहरूको समूहले आफूलाई “Future Millionaires” नाम दिएको थियो।
३० मिलियन दिरामको यो पुरस्कार पाँचै जनाले बराबरी रूपमा बाँड्ने सहमति गरेका छन्। यसअनुसार प्रत्येक सदस्यको भागमा करिब ६ मिलियन दिराम \(झण्डै **नेपाली रु\. २४ करोड ६० लाख**\) पर्नेछ।
तैयव खानले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको प्रतिक्रियामा पुरस्कार जितेको खबर सुरुमा विश्वास गर्न नसकेको उल्लेख गर्दै आफ्नो पहिलो प्राथमिकता परिवारको आर्थिक अवस्था सुदृढ बनाउने, नेपालमा घर निर्माण गर्ने र दीर्घकालीन लगानी गर्ने रहेको बताएका छन्। उनले आवश्यक प्रक्रिया पूरा गरेपछि रोजगारीबाट विश्राम लिने योजनासमेत सुनाएका छन्।
उल्लेखनीय छ, यो The UAE Lottery अन्तर्गतको Lucky Day खेलमार्फत प्रदान गरिएको पहिलो ३० मिलियन दिराम ग्रान्ड प्राइज हो। यस उपलब्धिले यूएईमा कार्यरत नेपाली श्रमिक समुदायका लागि प्रेरणादायी उदाहरण मात्र नभई विदेशमा आर्जित सम्पत्तिलाई वैधानिक रूपमा नेपाल भित्र्याएर लगानी गर्न सकिने सकारात्मक सन्देश पनि दिएको छ।
स्रोत : नेपाली राजदूतावास, अबुधाबी तथा यूएईका आधिकारिक सञ्चारमाध्यमहरू।
निर्मला पन्तको ब- ला त्कारपछि ह* त्या भएको घटनाको करिब ८ वर्ष पुग्न लाग्दा नेपाल प्रहरीले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ। यसअघि गठन भएका विभिन्न समितिहरूले घटनाको निष्कर्ष निकाल्न नसकेपछि र १२३ भन्दा बढी शंकास्पद व्यक्तिको डीएनए परीक्षणबाट पनि ठोस नतिजा नआएपछि गृहमन्त्री सुदन गुरुङको निर्देशनमा नयाँ समिति गठन गरिएको हो।
प्रहरी प्रवक्ताका अनुसार एसएसपी पंगेनी नेतृत्वको टोली कञ्चनपुर पुगेर घटनाको पुनः अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानबाट घटनाको वास्तविक सत्य बाहिर आउने र दोषी कानुनी दायरामा आउने अपेक्षा गरिएको छ।
सम्बन्ध राम्रो छ, प्रेम गहिरो छ वा मित्रता बलियो छ भनेर न त विगतका सबै कुरा खोल्नुपर्छ, न त भविष्यका सबै योजना सुनाउनुपर्छ।
किनकि विगत धेरैलाई गफ र आलोचनाको विषय बन्छ, अनि भविष्यका योजना धेरैको नजर र नकारात्मक सोचको सिकार हुन सक्छन्।
लोयल हुनु भनेको सबै सत्य सबैलाई सुनाउनु होइन; कुन सत्य कहाँ र कसलाई भन्ने भन्ने विवेक हुनु पनि उत्तिकै आवश्यक हुन्छ। जीवनमा पनि धेरैपटक अत्यधिक सोझोपन र सबै कुरा खुलस्त बोल्ने बानीले आफ्नै सम्बन्धमा दरार ल्याउन सक्छ।
त्यसैले सम्बन्धलाई शब्दले होइन, विश्वास, सम्मान र गोपनीयताले जोगाउनुहोस्। सबै कुरा नजिककालाई भन्नु बुद्धिमानी होइन; केही कुरा सम्बन्धभित्रै सुरक्षित रहँदा नै सम्बन्ध बलियो रहन्छ।
#तिलुबाबाशाश्त्र
समाचार टिकटले बनाउँदैन, दृष्टिकोणले बनाउँछ।
अचम्म लाग्छ—अमेरिका, क्यानाडा वा मेक्सिकोमा बसेको नेपालीले आफ्नै पैसाले वर्ल्डकपको टिकट काटेर खेल हेर्दा त्यो “गौरवको समाचार” बन्छ। तर कतारमा बसेर लाखौँ रुपैयाँ खर्च गरेर, कतिले स्वयंसेवक बनेर, कतिले आफ्नो पसिनाको कमाइले विश्वकप प्रत्यक्ष हेर्दा त्यो समाचार बन्न लायक नै ठानिँदैन।
समस्या देशको होइन, हाम्रो सोचको हो। विकसित देशमा बस्ने नेपालीको अनुभवलाई प्रतिष्ठा र अरबमा बस्ने नेपालीको अनुभवलाई सामान्य ठान्ने प्रवृत्ति अझै बाँकी छ।
२०२२ को कतार विश्वकप श्रमिकदेखि व्यवसायीसम्म, स्वयंसेवकदेखि दर्शकसम्म हजारौँ नेपालीका जीवनकै अविस्मरणीय अनुभव बोकेको विश्वकप थियो। तर त्यसको मूल्य धेरैले देखेनन्।
अन्ततः, समाजले धेरैजसो मान्छेको अनुभवभन्दा उसको ठेगाना र हैसियत हेर्दोरहेछ। यही मानसिकता बदलिनु नै सबैभन्दा ठूलो जित हुनेछ। ⚽🇳🇵
“हामीले नै कलाकारिता धानेका हौँ” भनेर छाती ठोक्नेहरू आजकल TikTok LIVE मा बसेर, “ट्याप ट्याप… एउटा Rose पठाइदिनुस्, ग्यालेक्सी भए झन् माया!” भन्दै बसिरहेको देख्दा एउटा प्रश्न उठ्छ।
घण्टे सरकारले कलाकारिता क्षेत्र नै हटायो कि, कलाकारिताको स्तर नै iPhone 4 जस्तै पुरानो बन्यो? कि समयले सबैलाई आफ्नो ठाउँ देखाइदियो?
कमाइ गर्ने माध्यम बदलिनु गलत होइन, तर हिजो अरूलाई होच्याएर आफूलाई महान् ठान्नेहरू आज त्यही दर्शकसँग उपहार मागिरहेको दृश्य भने साँच्चै व्यंग्यको विषय बनेको छ।
यो वर्ल्डकपले त हालत नै खराब बनाइदियो! 😩⚽
नहेरौँ भने मन मान्दैन, हेर्न बसौँ भने “अब गोल हुन्छ कि?” भनेर आँखै नझिम्किने। निद्रामा पनि सपना त्यही—गोल, अफसाइड, पेनाल्टी! 😂
अमेरिकाको टाइम, अरबको टाइम, नेपालको टाइम… सबै गडबड! यहाँ त रातको १–२ बजे खेल। अब के गर्ने?
सुत्ने कि?
उठ्ने कि?
हेर्ने कि?
भोलि काम गर्ने कि? 🤦♂️
आधा ज्यान त निद्राले लगिसक्यो, बाँकी आधा वर्ल्डकपको टेन्सनले!
हे फिफा! अर्कोपटक आयोजक छान्दा हामी खाडीमा बस्ने नेपालीहरूको घडी पनि एकपटक हेरेर मिलाइदिनू है। 😅
रास्वपा सरकार आएपछि केहीले ‘थाहा पाएका’ भनिएका कुरा
१) ऋण लिनु आफैंमा गलत होइन भन्ने कुरा बुझ्न थालियो।
२) सीमा विवाद भावनाले मात्र होइन, तथ्य र नक्साले पनि हेर्नुपर्ने रहेछ।
३) सरकार जुनसुकै आए पनि जनताको अपेक्षा पूरा गर्न सजिलो नहुने रहेछ।
४) सरकार बलियो भएर मात्र हुँदैन, नीति र विश्वासले पनि बजार प्रभावित हुने रहेछ।
५) इन्धनको मूल्य विश्वबजारसँग जोडिएको रहेछ।
६) विपक्षमा बोल्नुभन्दा सरकारमा काम गरेर देखाउन गाह्रो हुने रहेछ।
७) एआई प्रयोग गरेर धेरै कुरा सिक्न सकिने रहेछ।
८) राजनीति र आन्दोलनका निर्णयहरूको जिम्मेवारी पनि बोक्नुपर्ने रहेछ।
९) अधिवेशनमा उत्साहसँगै संगठनको जिम्मेवारी पनि हुने रहेछ।
१०) मन्त्री बनेपछि संविधान र कानुनको सीमाभित्रै काम गर्नुपर्ने रहेछ।
११) सत्ता र प्रतिपक्ष दुवैको आफ्नै चुनौती हुने रहेछ।
१२) राजनीतिक आरोपभन्दा प्रमाण र अनुसन्धान महत्त्वपूर्ण हुने रहेछ।
१३) मिडियामा बोल्नु र संसदमा प्रभावकारी रूपमा प्रस्तुत हुनु फरक कुरा रहेछ।
१४) अन्ततः सही वा गलत निर्णयको मूल्यांकन जनताले निर्वाचनमा गर्ने रहेछन्।
जय नेपाल! 🇳🇵
अर्जेन्टिना, पोर्चुगल र फ्रान्सका केही समर्थकहरूलाई जापानले गोल गर्दा भन्दा पनि ब्राजिलले कतै फेरि फर्ममा फर्किएर विश्वकप उचाल्ने हो कि भन्ने डर बढी देखियो।😄 त्यसैले पनी जापानको समर्थनमा बुर्कुसी मारीराछन । फुटबलमा प्रतिद्वन्द्वीको डर यस्तो हुन्छ! 😉⚽
असार १५ को शुभकामना!
वर्षमा एक दिन खेतको हिलोमा खुट्टा टेक्दै “रोपाइँ महोत्सव” मनाउनेहरूलाई पनि वर्षभरि स्वादिलो चामलको भात चाहिन्छ। तर त्यो भातको पछाडि किसानको पसिना, चिन्ता र संघर्ष लुकेको हुन्छ।
किसान को हो भनेर बुझ्न चाहनुहुन्छ भने उसैलाई सोध्नुहोस्, जो हरेक रात सुत्नुअघि आकाशतिर हेर्दै सोचिरहन्छ— “भोलि बादल लाग्ला कि? पानी पर्ला कि? रोपाइँ गर्न पाइएला कि नपाइएला?” यही चिन्तामा छटपटिँदै निदाउँछ र बिहान फेरि आशा बोकेर खेततिर लाग्छ।
असार १५ केवल दही–चिउरा खाने वा हिलो खेल्ने दिन मात्र होइन, किसानको श्रम, पसिना र अन्नप्रतिको सम्मान गर्ने दिन पनि हो।तपॉईको जिवनको सबैभन्दा ठूलो शुभकामना त्यही हो— खाने भात नफालौँ, अन्नको सम्मान गरौँ, किसानको श्रमको कदर गरौँ। 🌾🙏
असार १५ को शुभकामना!
सबै सम्बन्ध सुरु हुँदा विश्वास सबैभन्दा बलियो हुन्छ। त्यसबेला गरिएका कुराकानी, साटिएका भावना, हाँसो–ठट्टा, जिस्काइ र निजी क्षणहरू दुवैका लागि सुरक्षित हुन्छन्। प्रेममा परेका दुई व्यक्तिलाई त्यतिबेला संसारको सबैभन्दा ठूलो सत्य भनेकै एकअर्काप्रतिको विश्वास लाग्छ।
तर सम्बन्ध चिसिँदै जाँदा, स्वार्थ, अहंकार, गलत बुझाइ वा दूरी बढ्दै जाँदा, कहिलेकाहीँ त्यही विश्वास सबैभन्दा कमजोर बिन्दु बन्न पुग्छ। एक समयका गोप्य कुराहरू साथीभाइका जमघटमा पुग्छन्, निजी सन्देश सार्वजनिक हुन्छन्, र भावनात्मक क्षणहरू बदला लिने हतियारका रूपमा प्रयोग हुन थाल्छन्।
यही नै आजको सम्बन्धको सबैभन्दा ठूलो संकट हो। सम्बन्ध टुट्नु एउटा कुरा हो, तर विश्वास टुट्नु अर्कै कुरा हो। सम्बन्ध सकिन सक्छ, तर त्यसका नाममा कसैको चरित्रहत्या गर्नु, निजी जीवनलाई बजारमा पुर्याउनु वा त्यसबाट लोकप्रियता र फाइदा खोज्नु कुनै पनि दृष्टिले उचित हुँदैन।
इन्टरनेट, सामाजिक सञ्जाल, क्षणिक आवेग, मदिरा, अपरिपक्व निर्णय, अत्यधिक अपेक्षा र ‘मलाई कसैले केही गर्न सक्दैन’ भन्ने घमण्डले यस्ता घटना झन् बढाइदिएका छन्। आज एउटा स्क्रिनसट, एउटा अडियो वा एउटा भिडियोले वर्षौँ लगाएर कमाएको प्रतिष्ठा केही मिनेटमै ध्वस्त पार्न सक्छ।
विशेषगरी सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले आफ्नो निजी व्यवहारप्रति अझ बढी सचेत हुनुपर्छ, किनकि उनीहरूको एउटा गल्ती पनि सार्वजनिक बहसको विषय बन्न सक्छ। तर यसको अर्थ यो होइन कि कसैको निजी कमजोरीलाई व्यापारको माध्यम बनाइयोस्। गल्ती भए कानुनी र नैतिक हिसाबले त्यसको मूल्याङ्कन हुनुपर्छ, तर अपमान, प्रतिशोध र चरित्रहत्या सभ्य समाजको बाटो होइन।
त्यसैले सम्बन्धमा रहँदा एउटा कुरा सधैँ सम्झनुपर्छ—आज जसलाई विश्वास गरेर भनिएको गोप्य कुरा भोलि सम्बन्ध नटिके पनि गोप्य नै रहनुपर्छ। किनकि सम्बन्धको अन्त्य हुन सक्छ, तर मानवता, मर्यादा र नैतिकताको अन्त्य हुनु हुँदैन। साँचो चरित्र भनेको सम्बन्ध राम्रो हुँदा होइन, सम्बन्ध टुटिसकेपछि पनि अर्को व्यक्तिको सम्मान जोगाउन सक्ने क्षमतामा देखिन्छ।
म्याग्दीको बेनी नगरपालिका–७ मंगलघाटस्थित म्याग्दी खोलामा बेवारिसे पुरुषको शव फेला परेको छ।
बुधबार दिउँसो करिब १ः५० बजे म्याग्दी खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका पुरुषको शव खोलामा बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मंगलघाटबाट प्रहरी निरीक्षक सागर तिमिल्सीनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले खोलाबाट शव निकालेर आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
फेला परेको शवको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। शवको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सीनाले जानकारी दिनुभयो।
म्याग्दी खोलामा फेला परेको शव माथिल्लो क्षेत्रबाट बगेर आएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले शवको पहिचान तथा मृत्युको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।
🇶🇦⚽
नतिजा आफ्नो ठाउँमा छ, तर कतारले आज फेरि पनि आफ्नो क्षमता, संघर्ष र सम्भावना देखाएको छ। विश्वकपको यात्रामा कतारको प्रदर्शनभन्दा पनि बोस्निया एन्ड हर्जेगोभिनाले रचेको इतिहास र अन्तिम ३२ मा स्थान बनाएको उपलब्धिलाई अझै धेरै धेरै बधाई। 👏
सन् २०२२ मा विश्वकप सफलतापूर्वक आयोजना गरेर इतिहास रचेको कतारले आज मैदानमा पनि आफ्नो पहिचान देखायो। हार–जित खेलको हिस्सा हो, तर आत्मविश्वास, मेहनत र देशप्रतिको समर्पण नै वास्तविक जित हो। सन् २०३० मा कतारले अझ ठूलो इतिहास रच्नेछ भन्ने विश्वास छ।
धन्यवाद कतार! 🇶🇦❤️
We Love Qatar. We Support Qatar.
आगामी यात्राका लागि धेरै धेरै शुभकामना। 🌹⚽🇶🇦
रास्वपाको पहिलो महाधिवेशन हेर्दा कहिलेकाहीँ लाग्छ—यो महाधिवेशन हो कि स्थानिय निर्वाचन? विद्युतीय मतदानको नाममा एउटा मतदातालाई १०–१५ मिनेट लाग्ने, मतदान सकिनै दिनौँ लाग्ने, खर्चको हिसाब छुट्टै। चितवनको गर्मीमा प्रतिनिधिहरू लाइनमा, उता मासु–भातको बजेट सुन्दा गाउँपालिकाको चुनाव जस्तै!
हिजो अरू दलले चिया–समोसा खुवाउँदा “पुराना दलको विकृति” भन्नेहरू आज मासु–भातमा व्यस्त देखिँदा राजनीति साँच्चै रोचक विषय रहेछ। प्रदेशको चुनावभन्दा महँगो, वडाको चुनावभन्दा ढिलो, अनि पहिलो महाधिवेशनभन्दा बढी परीक्षणशाला जस्तो!
यता फेरी बालेनले समर्थन गरेन, रविले नाम लिएन, फलानाले भोट मागिदिएन भनेर रोइरहनुभन्दा आफ्नै राजनीतिक उचाइ कति छ भन्ने पनि हेर्नुपर्छ है !!!रविले आफ्नो काम गरिसके—पार्टी बनाए, एजेन्डा दिए, महाधिवेशन गराए। अब भोट ल्याउने जिम्मा उम्मेदवारकै हो। हरेक चुनावमा नेताले औँला ठड्याइदिएर जितिने भए त लोकतन्त्र किन चाहिन्थ्यो र?
जसले प्रतिनिधिको मन जित्छ, उसैले भोट पाउँछ। जसले जित्न सक्दैन, उसले समीक्षा गर्छ। अनि अझै पनि मन नमिले कोही एमालेतिर लागे हुन्छ,कोही कांग्रेसतिर फर्के हुन्छ,कोही माओवादीतिर गए हुन्छ। अन्त्यमा राजनीतिमा समर्थन उधारो पाइन्छ, तर भोट कमाउन भने आफ्नै पसिना चाहिन्छ ॥
नेपाली महिला समाज, कतारको १५औं स्थापना दिवस तथा छैटौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी शुक्रबार मुन्तजास्थित होलिडे भिल्ला होटेलको इमराल्ड हलमा दिउँसो २ बजेदेखि हुने अधिवेशनलाई सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको संस्थाले जनाएको छ ।
https://t.co/CKFJQVFmgb?
नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सबैभन्दा चर्चित र माग भएका गायिकामध्ये एक हुन् बिष्णु माझी। पछिल्लो समय सार्वजनिक भएको ‘झोर्ले हजुर’ गीतका लागि उहाँले निकै ठूलो पारिश्रमिक लिएको चर्चा संगीत वृत्तमा सुनिन्छ। यद्यपि आधिकारिक रूपमा रकम सार्वजनिक भएको छैन, केही विश्वसनिय स्रोतहरूले उनको पारिश्रमिक सात लाख रुपैयाँभन्दा माथि रहेको दाबी गरेका छन्। कतिपयले त उनको माग नै दस लाख रुपैयाँसम्म पुगेको दावी गरे।
यथार्थ जे भए पनि, एउटा लोकदोहोरी गीतमा यति ठूलो लगानी गर्न सक्ने निर्माता तथा लगानीकर्तालाई धन्यवाद दिनुपर्छ। किनकि यस्तो लगानी केवल एउटा गीतमा मात्र होइन, नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको सम्मानसँग पनि जोडिएको विषय हो। कलाकारको मूल्य बढ्नु भनेको समग्र संगीत क्षेत्रकै मूल्य बढ्नु हो।
लोकदोहोरीलाई जीवित र लोकप्रिय राख्न कलाकार, सर्जक र लगानीकर्ता सबैको योगदान उत्तिकै महत्त्वपूर्ण छ। 🙏🎶
खगेन्द्र सुनारबारे मेरो धारणा
खगेन्द्र सुनारलाई मैले पहिलोपटक रुकुममा घटेको जातीय विभेदसँग जोडिएको एउटा चर्चित घटनाको सन्दर्भमा चिनेको हुँ। त्यसयता उहाँलाई दलित अधिकार र आन्दोलनका विषयमा निरन्तर सक्रिय व्यक्तिका रूपमा देख्दै आएको छु। दलित समुदायका हक, अधिकार र सम्मानका पक्षमा आवाज उठाउनु आवश्यक र सकारात्मक कुरा हो। तर आन्दोलनको नाममा समाजलाई थप विभाजित गर्ने, तथ्यभन्दा उत्तेजनालाई प्राथमिकता दिने र व्यक्तिगत लोकप्रियताका लागि समुदायको पीडालाई प्रयोग गर्ने प्रवृत्तिबाट भने म सहमत हुन सक्दिनँ।
म सञ्चारकर्मी भएकाले विभिन्न व्यक्तिका विचार ध्यानपूर्वक सुन्ने बानी छ। तर खगेन्द्र सुनारका अभिव्यक्तिहरू सुन्दा प्रायः तर्कभन्दा आक्रोश, तथ्यभन्दा आरोप र संवादभन्दा टकराव बढी देखिन्छ। आफ्नो विचार राख्ने स्वतन्त्रता सबैलाई छ, तर सार्वजनिक व्यक्तित्वले आफ्नो बोलीको प्रभाव र त्यसबाट समाजमा पर्ने असरबारे पनि जिम्मेवार हुनुपर्छ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा विभिन्न दल तथा वैचारिक समूहका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिए। कसैले पनि नकारात्मक भावना व्यक्त गरेनन्; सबैले कार्यक्रमको सफलताको कामना गरे। तर उद्घाटन सत्र सकिएपछि खगेन्द्र सुनारले व्यक्त गरेका केही भनाइहरू भने अत्यन्त असन्तुलित, असभ्य र अनावश्यक रूपमा आक्रामक लागे। फरक विचार राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तर आलोचना पनि मर्यादित र तथ्यमा आधारित हुनुपर्छ।
यदि कुनै व्यक्तिको अभिव्यक्तिले पार्टीको घोषित मूल्य, संस्कार र राजनीतिक उद्देश्यलाई नै कमजोर बनाउने अवस्था सिर्जना गर्छ भने सम्बन्धित पार्टीले त्यसबारे गम्भीर समीक्षा गर्नुपर्छ। अन्यथा यस्ता गतिविधिले दीर्घकालमा पार्टीको छवि र विश्वसनीयतामै नकारात्मक असर पार्न सक्छ।
व्यक्ति ठूलो होइन, विचार ठूलो हो। र विचारको शक्ति मर्यादा, तथ्य र जिम्मेवारीबाट अझ बलियो बन्छ। @AIHighlight
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।