जिन्दगी घामजस्तै छ
न्यानो, उज्यालो, जीवन्त।
कहिलेकाहीँ
बादलहरू पनि मडारिन्छन्,
क्षणिक छायाँ फैलाउँछन्।
तर अन्ततः
ती चिरिएर हराउँछन्,
र घाम फेरि
उस्तै उज्यालो भएर
आकाशमा मुस्कुराउँछ। ☀️✨
प्रतिबिम्ब
आँखा खोल्दा देखिन्छ–
मेरै अनुहारको
शान्त तर अधुरो कथा !
कहिले उज्यालो,
कहिले छायाजस्तै
मनको गहिराइमा उभिएको
मेरा आफ्नै प्रश्नहरू !
तर हरेक पल
सही–गलत सबैलाई समेटेर
प्रतिबिम्ब भन्छ—
“तिमी बदलिँदैछौ,
तर म.........!
आफूलाई फेरि फेला पार्ने इच्छामा ”
+
संघर्षले सिकाउँछ धैर्यता,
सपनाले दिन्छ दिशा,
दुवै मिले जीवनमा
आफ्नै कथा लेखिन्छ नया।
जब अन्ततः त्यो क्षण आउँछ,
जहाँ सपना हातमा हुन्छ,
त्यो क्षणको मिठास नै अर्कै,
जुन संघर्षले बनाउँछ।
जीवनको सुन्दरताको रहस्य
यतिमै लुकेको छ—
सपना देख्ने आँट र
त्यो पूरा गर्ने संघर्षमा।
+
संघर्षको बाटो लामो छ,
तर सहज छैन
थकान, आँसु, र पसिनाको
रङ्गले नै विजयी बगैँचा सुहाउँछ।
कहिलेकाहीँ त लाग्छ,
"किन यति गाह्रो छ?"
तर भित्रैबाट आवाज आउँछ,
"तिमी बलियो छौ, अझै अघि बढ।"
संघर्षले सिकाउँछ धैर्यता,
सपनाले दिन्छ दिशा,
दुवै मिले जीवनमा
आफ्नै कथा लेखिन्छ नया।
रातको अन्धकारमा आकाशतिर हेर्दै,
तारामुनि सपना बुनेर
बिहानको घाम उदाउदा पनि
त्यो सपनाकाे यात्रामा लम्कन्छु।
हाे सपना देख्न सजिलो छ
तर बाटो सजिलो छैन,
त्यो सपना भेट्नलाई
कति काँडा पन्छ्याउनु पर्छ भनि साध्ये छैन।
हावामा उडेर मात्रै त
उम्रँदैन बिज पनि
जमीनमा धस्नुपर्छ।
संसार हेरेर मात्रै त
ब्युँतिदैन चेतना
हृदयमा पस्नुपर्छ।
कोलाहलको कर्कश क्रन्दनबाट
जुनदिन
म फर्किएँ
आफ्नै मनको मृदुलतामा।
छामेँ, छोएँ
र महसुस गरेँ..
म केही हुँ बाट
म केही हैनसम्म
जुन यात्रा पार गरेँ
बल्ल जीवन भेट्टाएँ।
😊
तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म बिरानो, सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निसानी
त्यो एकदिनको घाम, सयौँदिनको पानी
लौ सुन! म भन्छु मेरो रामकहानी
✍️गोपाल योन्जन
त्यो घना जंगल भित्रको -
आलिसान कटेज, सुसज्जित कोठा,
छुट्टीएर भेटिएको तिमी र म
प्रकृति र प्रेम को उज्यालो
अविरल झरी अनि चराहरुको चिरबिर,
ढुकढुकीहरुको बड्दाे गति
प्रेम बर्साउंदै बहकिदै छ मन
झ्यालबाट छिरेको चिसो बतासको स्पर्श
न्यानो बनेर रमाइरहेका छन।
Anyone can become angry-that is easy. But to be angry with the right person, to the right degree, at the right time, for the right purpose, and in the right way- that is not easy. - Aristotle
म हेर्दै
आकाशसम्मको हेराइमा
सागरसम्मको सोचाइमा
उभिनु छ सोचको उचाइमा
अनि
डुब्नु छ गहिराइमा।
फेरि ,
हराउनु छ
पुग्नु छ पर
भेट्दै क्षितिजलाई
यात्रारत हुनुछ
केही ख्याल नराखी
आफ्नै तिर्सना बाहेक।
माफ गर्नु ल!
मैले तिमीलाई फुर्सद निकालेर
सम्झिरहन सक्दिनँ।