मैले मेरै आमा हेर्नू पर्यो भने त्यत्ती टाढाको जुन हेर्छु। तिमी मलाई माटो फरक भो टाढा भन्छ���! खोइ त आज सम्म एउटै घरको मान्छे सङ्ग कस्को बिहे भएको छ र?
पक्कै पागलपन ए पागलमन
उड्नेछन तिम्रो मन हावा सरि
ब्यर्थै खोज्छौ सामिप्यता प्रेमको होस या मित्रताको मिठा पल!
चित्रमा हासेको तर चरित्रमा नासिएको चारै तिर अँध्यारो अनि धमिलो!
ब्यर्थै हुन्छ मायाको स्पर्षहरु.......... म जस्तै उ जस्तै अनि उ तिनी जस्तै........😀
मेरो बालुवाको पदचिन्ह छेकेर होला
हिउँ सरि दुख मेरो देखेर होला.....!
टाढा भए छु म!
मेरो घाम नउदाइ दुबेर होला!
बाटेका दुख सुख सायद भुलेर होला!
टाढा भएछु म!
जीवनमा उजाड हुरि चलेको देखेर होला
गन्तब्यको मेरो पाइला गलेको देखेर होला!
टाढा भएछु म!
जित तिम्रो होस साथी
आत्मासाथ छ हार मलाई!
मलाइ मेरै साथित्व चिज छ
चाहा छैन प्यार मलाई!
साथि सोच��नु गल्ती भए स्विकार छ
अपराधी सोचे हुन्छ
अझै तिम्रो चित्त नबुझे
भन्दै हिड गद्दार मलाई!
#सानको_मुक्तक
तिमी कविता हौ तर मैले आफू कवि भनिन!
नजर पबित्र थियो तर तिमी मेरो छवि भनिन!
खुसी सारा मेरो तिमिलाइ थपियोस साथी
साथी ठानेथेँ कहिलै तिमि हौ जिन्दगी भनिन!
गलत अनि सत्य के हो म भन्दा बुझेकि तिमी
तिम्रो सोचलाई सादर प्रणाम🙏🙏🙏
जब अड्कलेर बाँच्दै एउटा सिङ्गो दिनको आशाहरु निराशामा रुमलिन्छ तब प्रगति अथवा अवनतिले चिथोरेको अनुहार लुकाएर ङिच्च कृत्रिम हाँसो हाँसिदिनु दैनिकी बन्दोरहेछ!