***बधाईछ राष्ट्र प्रेमी युवाहरुलाई***
हे युवा,
मन सफा भएकाहरुले साथ दिएका छन्,
कालो मन र भ्रष्टसोंचका आत्तिएका छन् ।
अवसरलाई पूर्णतः नतीजामूलक बनाउनु,
नेपाललाई विश्वसामू पूर्खालेझै चिनाउनु ।
एउटानि क्यान्सरको कण छिर्न नपाओस है,
पछुताउनु पर्नेछ फेरी यो हेक्का रहोस है ।
💐🌹❤🙏
ठुल-ठुला नेता दादाले कयौ आन्दोलन चलाए,
कति आए कति गए, अन्तर कुन्तरमै विलाए ।
एक% नानी बाबुले दुई दिनमै सत्ता ढालिदिए,
मैहूँ भन्ने नेता र दादालाई नालीमा फालिदिए ।
कसरी सम्भव भयो यस्तो कसैले भन्न सक्छ?
गीता अध्याय ३_१९ ले यही सिद्धान्त लेख्छ ।
-भागवत गीताः ३_१९
जय भागवत गीता🌹❤🙏
यो प्रणाली असफल भयो,
अब नयाँ प्रणाली फेर्नु पर्छ ।
नेतावाद र नातावाद होईन,
योग्यता र विज्ञ्यता हेर्नु पर्छ ।
भ्रष्टाचारको दशगुणा सजाय हुनुपर्छ,
न्यायक्षेत्रमा यस्तो भए सजाय थप्नुपर्छ ।
कर्मचारी कार्यकर्ता भए निकालिनुपर्छ,
अनिमात्र नेपालले सम्बृद्धिको पथ लिन्छ।
👩🧑🙏
@shishirdahal सत्यकुरा बाहिर ल्याउन र भ्रष्टहरुलाई नंग्याउनु नछोड्नु होला । बिदेशमा बसेर पनि मातृभूमीको ऋण तिर्न सकिन्छ, यो ज्वलन्त उदाहरण यी भ्रष्टहरुको साथै झोलेहरुले पनि प्रष्ट बुझुन न । 🙏🌹❤