खोलाका खुट्टा बाँधेर सभ्यता र बौद्धिकता देखाउनु मूर्खता हो । खोलो प्राय: शान्त र सुषुप्त नै हुन्छ । खोलो जब उत्पीडनले आजित हुन्छ नि वर्षौँदेखि सँगालेका वैभव भताभुङ्ग पारेरै छोड्छ । खोलो गति हो । खोलाका खुट्टा बाँध्न खोज्नेहरू हो ! बाँध्नुभन्दा पहिले कम्तीमा पाँचचोटि सोच्नुहोला ।