तिमीलाई भोलि विहानै, बोलाउन मन लाग्यो
चिन्तामनि भईयो, अवत टोलाउन मन लाग्यो
भेटघाट नभएको पनि, लामै पो भएछ बुझ्यौ
आउनु है चौतारीमा, साह्रै भेट्न मन लाग्यो
तिमलाई आफ्नो बेथा, नपोखेको धेरै भएछ
उकुसमुमुस भयो धेरै,बेथा पोख्न मन लाग्यो
भाग्य, मित्र होईन ,
र पनि रिसाएर जान्छ ।
बुद्धि, फलाम होईन ,
र पनि खिया लाग्छ ।
आत्मसम्मान, शरीर होईन ,
र पनि घायल हुन्छ ।
मान्छे, मौसम हुँदै होईन ,
र पनि बदलिएर जान्छ ।।
धन्यवाद 💚