समुन्द्र मन्थन गरेपछि अमृतमात्र लिन्छु भनेर पाईन्न बिष पनि पिउन पर्छ ! आन्दोलनको राम्रो पक्ष हामीले गरेको नराम्रोमा त हाम्लाई नभन्नु भन्न पाईन्न ! चीज क्लियर छ जिम्मेवारी लिनुपर्छ ! #जेनजी
आरजु लडेकी देखेर खुसी हुन सकिनँ किनकि यसमा खुसी हुनु भनेको मेरो विवेक पनि तिनको जस्तै हुनु हो। आँखाको बदला आँखाले जगत अँध्यारो हुन्छ, उज्ज्वल हुन्न। तिनको औचित्य सकियोस् तर हाम्रो विवेक नगुमोस्! घमिलो पानीका मछुवारा मेरा शासक नहुन्! देश खरानी बनाउने र उचाल्नेलाई पश्चताप चैँ होस्!
हिजो राज्यबाट मारिएका बिधार्थीको जिल्ला गृगमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ ।
तर, जेलबाट अपराधीहरु निकालेको, देश जलाएको, नेता पत्नि जलाइएको, दलका अफिस र नेताको घर आगो लाएको जिम्मा चै तपाई आन्दोलन गर्न उक्साउने Content Creators र celebrity ले लिनुपर्छ!
यस्तो कठिन समयमा एक भएर यो त्रासदिपूर्ण परिस्थितिलाई हल गर्नुको साटो एकथरि मुख मिठ्याउँदै छन्, अर्कोथरी आफ्ना नेता विशेषलाई glofrify गर्दै छन्, अर्का यहि मौकामा बदला लिने दाउमा। छि!,, देशले हारेको समयमा गुट र सिमित यो त्यो झुण्डले मात्र जित्दैन है!
दुर्गा प्रसाईलाई नेता मानेर गरिएको यो आगजनी र तोडफोडको समर्थन गर्न सकिन्न र गरिएन पनि। तर यसलाई समर्थन गर्ने 'सचेत नागरिक'लाई हेरिँदैछ। र, रविन्द्र मिश्रले आफू शक्तिमा आउन यस्तो अराजकता र लुटपाटको पक्षपोषण गरेर अरूलाई मर्न उक्साउँदै गरेको दृष्य सबैभन्दा कूरूप लाग्यो। धत्!😡