उन्ताका केपी ओली क्या पपुलर थिए । कटाक्ष गर्थे, टुक्का हान्थे, मजाक गर्थे । मानिसहरु गलल हाँस्थे । पत्रकारहरु पनि गलल हाँस्थे । कसैले किन यस्तो भन्दैनथे । भन्नेलाई दुश्मन देखिन्थ्यो । समर्थकहरुलाई त पाद पनि बसाउने भैगो । म झोले हुँ भन्ने पोस्टर बनाएरै सेयर गर्थे । केपी ओलीलाई हौसला मिल्थ्यो । उनी थप मजाक गर्थे । थप हाँसो छुट्थे । थप ताली बज्थे । बिस्तारै केपी ओली सिरियस हुनै छाडे । हरेक कामलाई मजाक बनाउन थाले । चुनावलाई पनि मजाक बनाए । पार्टीलाई पनि मजाक बनाए । जनमतलाई पनि मजाक बनाए । पदलाई पनि मजाक बनाए । कदलाई पनि मजाक बनाए । राजनेता बन्न हिडेका केपी ओली आज एउटा मजाक बनेर रहेका छन् ।
कथा सकियो ।😷✍️🤔
Hemant Giri
महाकवि लक्ष्मीप्रसाद देवकोट दार्जिलिङको सरकारी स्कुलमा पुगेका बेला खिचिएको फोटो । उहाँसँगै सम्भवतः कालो टोपी लगाएका व्यक्तिचाहिं कवि धरणीधर कोइराला हुनुहुँदो रहेछ । अरु को-को हुनुहुन्छ ? कसैलाई थाहा भए लेख्नुहोला है !
यो ऐतिहासिक तस्विर लेखक शरद प्रधानले बाहिर ल्याउनु भएको हो ।
एआईद्वारा रंगीन बनाइएको ।