जिन्दगीमा जतिसुकै दुःख किन नहोस, नक्कली मुस्कानले अड्डा जमाउछ मेरो मुहारमा, आँखामा हजारौ पिडा छन् जिब्रो मौन राखेर मनमनै आफै रुन्छु, र मलाई त्यो खुशी पनि थाहा छ, जून मेरो भाग्यमा लेखेको छैन। कसैको लागि फेरि जाग्न थाल्छ यो दिल, त्यो भन्दा पहिला मैले आफैलाई पढ्ने गरेको छू अचेल..✍️
मान्छेमा मन हुन्छ चोट नदेऊ
ऊ अति भएपछि रुन्छ चोट नदेऊ
सक्छौ भने फूल बन पत्थरसँग
अलकत्र तेलले धुन्छ चोट नदेऊ
नहेप आँशु सागर बनेर बस्छ
सियोले झोला बुन्छ चोट नदेऊ
तताउँ त आगोले खोला र नाला
उर्लेर सगर छुन्छ चोट नदेऊ
किन पो सुन्नु कान थापेर बोली
मनले हेरेर बुझ्छ चोट नदेऊ🙏
त्यो चुहिने खरको छानो, त्यो उधारो चामलको भात, त्यो तुना गाँसिएको हात्ती छाप चप्पल, त्यो उध्रिरहने pepsi लेखेको कट्टु... यस्तै यस्तै सम्झना सहितको बाल्याकाल, अभावहरुले संघर्ष गर्न सिकाउँछ र संघर्षले व्यक्तिलाई त्यी दु:खका दिन सम्झिँदा पनि मनोरञ्जन आउने अवस्थासम्म पुर्याउँछ😌
हिजो राती सपनिमा तिमी फेरि आयौ'
नजिक आइ हात समाइ अनि मुस्कुरायौ'
यो जुनिमा त्यस्तै भयो तर अर्को जुनि
हजुरकै हुन्छु भनी कसम पनि खायौ'
बोलिरहे हेरिरहे तिम्रै काखमा थिए
छेउमै बसि मलाइ हेरि मिठो गित गायौ'
हिजोका ती दिन सोच्छु,भुल्न सक्दिन
सानू तिमी खै कसरी हृदयमा छायौ'💕
अझसम्म पनि देउवा, ओली र प्रचण्डको आ-आफ्ना दलको कार्यकारीबाट राजिनामा नआउनु चैँ अचम्मै हो। यो जिजीबिषा कस्तो हो? किन हो? कि एउटाले नपुगेर भष्मासुर तीनटै बनाउने चाहना हो?😕
‘भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ।’
राष्ट्रपतिले यति भनेपछि संविधानको धारा पालना भएन भन्ने प्रश्नको निरूपण ‘आवश्यकताको सिद्दान्त’ले गर्ला कि?
@thapagk भ्रस्टाचार गरेर अकुत सम्पती कमाका नेता को बारेमा बोल्नुस, घाईते बिरामी को कुरा गर्नुस , खाली पार्टी पार्टी अनि घर भनेको छ, दाजु सुध्रिन सक्नुहुन्न तपाईंहरु , फेरि त्यही फोहोरी राजनिती कै बाटो हिड्न थाल्ने कुरा गर्नु हुन्छ
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।