सायद जवाफ खोज्नै पर्दैन,
केही कुरा प्रश्न मै सुन्दर हुन्छन्।
समयले आफै उत्तर दिनेछ,
तब सम्म तिमी र म,
अधुरा उत्तर मै,
पूरै कथा भएर बाँचिरहेका छौँ ।
#म_अनि_मेरो_भावना
सबै भन्छन् बिर्सिदिउँ तिमीलाई,
किनकी तिमी त्यस लायक छैनौ।
अब कसले सम्झाओस उनीहरूलाई कि,
मलाई तिम्रो त्यति नै आवश्यक्ता छ,
जति एउटा लेखक लाई शब्द को,
एउटा चित्रकार लाई रङ्ग को,
अनि एउटा गायक लाई सुर को हुन्छ।
#म_अनि_मेरो_भावना
एक्लोपन को होइन,साथ मा रहने बानी बसालौँ
किनकी,
जब हामी धेरै खुशी हुन्छौँ त कोही साथ मा हाँस्न को लागि अनि जब दुखी हुन्छौँ त रुन को लागि एउटा काँध
चाहिन्छ।
#अनुभव_जिन्दगी_को
एक्लै एक्लै न त हाँस्न मा,न रुन मा नै मजा आउँछ,
एक्लोपन मा त जिन्दगी पनि सजाय झैँ लाग्छ।
#म_अनि_मेरो_भावना