हार्दा नआत्तिने,
जित्दा घमण्ड नगर्ने,
र देशलाई केन्द्रमा राखेर सोच्ने राजनीतिक संस्कार नछाडौँ।
जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली। जनताको बहुदलीय जनवाद जिन्दावाद।
लोकतन्त्र दिवसको हार्दिक शुभकामना ~
जनताको बलिदान, संघर्ष र चेतनाबाट प्राप्त यो व्यवस्थालाई अझ सुदृढ, उत्तरदायी र समावेशी बनाउने संकल्प गरौँ।
सुशासन, पारदर्शिता र न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढौँ।
जय देश !!!
नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।
७७ वर्षको यो ऐतिहासिक यात्राले जनताको अधिकार, सामाजिक न्याय, समानता र राष्ट्रिय स्वाभिमानका लागि अनवरत संघर्षको गौरवशाली इतिहास बोकेको छ।
आजको दिन केवल उत्सव मात्र होइन - हाम्रो वैचारिक प्रतिबद्धता, संगठनात्नक एकता र जनताप्रतिको उत्तरदायित्वलाई पुनः सुदृढ गर्ने अवसर पनि हो।
शुभकामना ~
प्रधानमन्त्रीज्युलाई पहिल्यै थाहा थियो। ‘नयाँ पुराना सब चोर हुन्।’
चोरको चंगुलमा पसेर अब वहाँले चोर पक्रनुहुन्छ कि चोरीको माल भागबन्डा गर्नुहुन्छ त्यो समयले बताउनेछ। जनताले हेरिरहेका छन् ~
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
ईद मुबारक !
इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-फित्रको उपलक्षमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण परिवार, आफन्त तथा शुभचिन्तकहरूमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा गोरखा जिल्लाको क्षेत्र नं १ बाट श्री सुदन गुरूङ र क्षेत्र नं २ बाट श्री कबिन्द्र बुर्लाकोटी निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
यस निर्वाचनमा नेपाली जनताले जुन आशा र समर्थन रास्वपालाई गरेका छन्, त्यसले देशमा सुशासन कायम गर्नेछ र राष्ट्रलाई समृद्धितर्फ डोर्याउने छ भन्ने विश्वास लिएको छु।
शुभकामना ~
रास्वपाका अधिकांश उम्मेदवारहरूको राजनीतिक अनुभव भनेको जम्माजम्मी सिहँदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रादेशिक तथा स्थानीय सरकारका कार्यालहरू र प्रहरी कार्यालयहरू जलाउनु हो।
यस्तो कूकर्म र पापको भारी बोकेका उम्मेदवारहरूलाई जिताउनु र सांसद बनाउनु नेपालकै दुर्भाग्य हुनेछ। अब के जलाउन बाँकी छ र यिनिहरू तपाईँहाम्रो घरदैलोमा भोट माग्न आईरहेका छन्?
कसैले घिनलाग्दो टिप्पणी गर्यो, निकृष्ट कमेन्ट लेख्यो भने प्रोफाईल नहेरी भन्न सकिन्छ, त्यो रास्वपाको नेता वा कार्यकर्ता हो।
सोमत नभएका स्तरहीन घिनलाग्दा मान्छेहरुको भीड बन्यो रास्वपा। अनि यस्ताले देश बनाउँछन् भनेर नेपाली जनताले पत्याउनुपर्ने ! हैट !
भदौ २३ र २४ गतेको दुर्घटनालाई छानविन गर्न बनेको जाँचबुझ आयोगको रिपोर्ट खै? निर्वाचनअघि रिपोर्ट सार्वजनिक हुनु पर्छ कि पर्दैन? त्यस विध्वंशका दोषीहरु को को हुन्? को - को जेल जाँदैछन्?
सरकार! जाँचबुझ आयोगको रिपोर्ट सार्वजनिक गर!!!
केहि दिनको गोरखा बसाई पश्चात प्रफुल्ल मन लिएर काठमाण्डौँ फर्किएको छु। नेकपा (एमाले) पार्टी गोरखा जिल्लामा निकै कमजोर थियो। अघिल्लो निर्वाचनमा हामीले बलियो जग हाल्यौँ, यसपटक शानदार जित निकाल्ने तयारी हुँदैछ। साथ दिनुस् है!
एकपटक एमालेमा भोट दिएको मान्छेले हत्तपत्त अन्त भोट दिँदैन। रास्वपाको पछिल्लो माहोलले काँग्रेस पार्टीलाई भने आधाभन्दा सानो बनाउने जोखिम छ।
रास्वपाको नजर एमालेतिर पक्कै छ, तर उसको निशाना सिधा काँग्रेसतिर छ। त्यसैले, एमाले पहिलो पार्टी बन्छ, दोस्रो को बन्ने भनेर काँग्रेस र रास्वपाबीच प्रतिस्पर्धा छ।
नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलाउन भुमिका खेल्ने सबै एन्जिओ र फाउन्डेसनहरुमाथि कडा अनुसन्धान हुनुपर्छ। तिनका संचालकहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। ति संस्थाहरुलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्छ।
हिजो नेकपा (एमाले)ले देशभर लाखौँ मान्छे सडकमा उतार्यो र प्रदर्शन गर्यो। लाखौँ मान्छे सडकमा आउँदा पनि कसैले कसैको घरमा आगो लगाएन, कुनै सार्वजनिक सम्पत्तिमा तोडफोड गरेन, कसैको व्यवसायमा गएर लुटपाट गरेन।
जिम्मेवार राजनीतिक दल र परिचालित दलालहरूमा यही भिन्नता हुन्छ। दलालहरूलाई देशको माया हुँदैन। मालिक को ईशारामा उनीहरूले जे पनि गर्छन्। हाम्रो व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यत्तिकै जलेको होइन!
यो सबको हिसाब किताब नेपाली जनताले गर्नेछन्।