पूर्व सन्ध्यामा डेटिङ
छापामार शैलीमा रात्रीमा सेटिंग !
अनाधिक्रित रोपण
जन्मिदै असन्तुलित कुपोषण !
बोलाईमा देखिएका सिंह
वास्तविकतामा निरिह!
क्षमता सदुपयोगको अबसर
सत्ता दुरुपयोगले नबनाउ अर्थतन्त्र जर्जर !
बाहिर आएका समाचार असत्य बनुन
संस्था अर्थतन्त्र क्षयिकरणको खाल्डो नखनुन !
प्राण मस्तिस्कबिहिन निर्जिब औजार
अद्रिश्य शक्तीबाट परिचालित फौबन्जार !
'स्टियरिङ्ग' कुचालकको हातमा
दुर्घटनाको दोश औजारको माथमा !
चालकहरु नसुध्रिय सम्म दुर्घटना निरन्तर
आउँदा दिन बन्दैछ अझ बदत्तर !
लाखौं पीडित अर्बौ घोटालाको तथ्य
नांगेझार पारी ल्याउनु पर्छ सत्य !
सहकारीको दुस्तर बैतर्नी पारगर्न
पोखरीमा ढुङ्गा हानेको भरमा सकिदैन तर्न !
पद्धती बचन कर्ममा नै छल
निश्चित छ उपलब्धी निस्फल !
पुरा पोखरी नै सफा गर्नु पर्ने स्थिती
अहिलेको प्रयासमा नबनाउ दोधारे मनस्थिती !
सम्रिद्धी आर्थिक ब्रिद्धी कम
जिम्मेबार अधिकारीको स्पस्टोक्तीमा छैन दम !
आँफैले सिर्जना गरेको कारण देखाएर पाईदैन मुक्ती
कर्तब्य हो समाधानको जुक्ती !
मुठभेड अब्यबस्था टाउको देखी पुच्छर सम्म
अबनितीको परीणाममा नमान्नु अचम्म!
कुराजनितीको चक्रमा बन्धक देश
देखिदैन छुटकारा पाइने परिबेश !
२७ सय बर्षको ईतिहास बोकेको मुद्रा
यसको अगाडि राम्रा नराम्रा सबै खुद्रा!
स्रोतसाधन सम्पत्ति रुपान्तरणको बिश्वसनिय माध्यम
विश्वभर अडिग गजधम्म!
मुद्राको सदुपयोग सम्रिद्धीको चक्र
दुरुप्रयोगले ल्याउछ समाज शासन प्रशासनमा दुस्चक्र!
अर्थ बित्त क्षेत्रको समन्वयको बेला
सदुपयोगलाई नगर हेला!
स्वयोगदानमा स्वफुर्त जन्मिएका सामाजिक संघ संस्था
निस्वार्थ लगनले कार्यक्षेत्रमा डटीरहेको अवस्था !
पारदर्शिता अपनत्व परीश्रम यिनको चरित्र
अझै फलुनफुलुन नपरुन अलपत्र !
सरकारी अनुदान र बिदेश आश्रित संस्था उमारिन्छन अरुकै भरमा
अन्ततोगत्वा लगाउछन डोजर आफ्नै घरमा !