म बिचार राख्न आएको हुँ म मेरा हरेक शब्दहरुको जवाफदेही रहनेछु तर कृपया मेरो व्यक्तिगत कुरा नसोधी दिनुहोस् । बिचार दिन र लिन सक्ने क्षमता राख्नुहुन्छ भने साथी बनौ
म पाखे परे हजुर मेरो सस्कारले विश्वलाई समाज वा परिवार भन्छ तिमी शहरीया पर्यौ तिम्रो सस्कारले विश्व बजार भन्छ त्यसैले तिम्रो सस्कार ब्यापार गर्ने हो तिम्रो हरेक कुरा बिकाउ छ मेरो सस्कार आदर, सम्मान,माया, सद्भाव हो तिम्रो जस्तो मेरो हरेक कुरा बिकाउ छैनन चेतना होस्
मेरो कुरा मिल्दैन ति मान्छेहरु सग, जो आफ्नो फाइदा हेरेर बिचार र सम्बन्धहरु बदल्छन ! मैले बचन दिए पछी नोक्सान हुँदा पनि पुरा गर्न जो सिकेको छु सम्बन्ध, बिचार र बाटाहरु नाफा र नोक्सान हेरेर परिवर्तन गर्न जानेको छैन मैले...
रसुवा तिर चिनजान भएको कोही हुनुहुन्छ ? बाढी प्रभाबित क्षेत्रमा स्थानियको जन श्रमदान अनि निमार्ण सामाग्री हाम्रो गरेर स्वास्थ्य चौकी भवन वा अत्यवश्यक अरु केहि कुरा निर्माण गर्न मन छ । आफुले चिनेको कोही छैन,राजनिती नमिसाउने गरी कोही सम्पर्कमा आइदिनु भयो भने सहज हुने थियो ।
#Help
मेरा प्रियजन मेरो परिचय नै इमान्दारीले बनेको छ, मान्छेहरु मलाई विद्रोही भन्न सक्छन वा धेरै सग नमिल्ने बागी भन्न सक्छन तर धोखेवाज वा गद्दार भन्ने अहिले सम्म कोही छैन, त्यसैले मलाई नबुझ्नु वा गलत भन्नु धोखेवाज वा गद्दार मन पराउनु जस्तै हो 🤔
मलाई कसैले बुझेको छु र चिन्छु भन्छ भने त्यो मुर्ख हो, मैले आफुलाई बाहेक अरु कसैलाई "मलाई" चिन्न मौका दिए जस्तो मलाई लाग्दैन सिक्का हैन मान्छे देखिएका भन्दा नदेखिएका धेरै पाटाहरु हुन्छन स्वयम बाहेक अरु कसैलाई थाहा हुँदैन समय र जरुरत अनुसार सबैले देख्दै जानेछन...
बेरोजगार नेपालीहरु कसले के लगायो के खायो भन्नेमा अल्झेर बसेको छ । मेरो पनि सबै कपडा एउटै Color को छ अनि उस्तै परे same कपडा पनि हुन्छ अनि के मैले सधै एउटै लुगा लगाएको भयो ?
मैले ५/६ बर्ष पहिले देखी भन्दै आएको कुरा प्रमाणित भएको छ । नेपालमा ज्ञान भन्दा पहिला बिज्ञान पुग्यो यसरि अचानक आएको परिवर्तनले गर्दा बिज्ञानले मानव बाट सभ्य मानब हैन दानब बनायो जुन हिजो बाढी पश्चात नेपालिले प्रमाणित गरेको छन नेपाली हु भन्न लाज लाग्ने बनाए दानब हरुले 😢😡
यही कुरा Online हुनु भन्दा पहिला हिजो सानोठिमी बाट १२:४५ मा Verify भए पछी लगभग हिजो नै ३:०० बजे सम्म MOFA सकिन्थ्यो अब भन्नुस काम सजिलो बनएको कि झाण्झाटिलो ? जयहोस सरकार
नेपालमा Online System कस्तो हुन्छ भन्ने बुझौ हिजो सानोठिमीबाट Verify गरेको Document, MOFA गर्न को लागी Online मा Apply गरियो तर आज दिउसो १ बजे सम्म Approve नभए पछी Student लाई MOFA office मा पठाएको अब हेर्नुस Link आको छ भनियो अनि पैसा तिरेको भोलिको Appoinment पाइयो..+
राजधानीकै शिक्षण अस्पतालमा उपचारका लागि बेड नपाएर एम्बुलेन्समै बिरामीको ज्यान गयो । देशभरका अस्पतालमा एन्टी रेबिज र एन्टी स्नेक भेनमको हाहाकार छ। यति आपूर्ति गर्न नसक्ने सरकारले सामान्य ज्वरो आएका मन्त्रीको लागि सेनाको हेलिकप्टर दुरुपयोग गरेको छ । वाह ! सुशासन र समानता ? #nepal
CDO ले हिजो भरतपुरमा Heroism देखाउदा भरतपुर बाहेक चितवनका अन्य ठाउमा जाने ग्यास रोकिएछ । भरतपुर बाहेकको मान्छेले दाउरा बाल भन्न खोजेको हो ? CDO साब सर्बज्ञाता हुनुहुन्छ फेरी युट्युबे लिएर काम देखाउन र मिडिया बाजी कसरी गर्ने भनेर चाही उहा सग सिक्दा हुन्छ 😜🤔😂
यो सरकार र कर्मचारिले Hotel Radisson लाई साहिलिको भट्टी पसल सम्झेछ कि क्या हो ? छापा मारेर १८४ वटा ग्यास सिलिण्डर भेटियो भन्दै कोकोहोल गर्दैछ ! भेडाहरु चाही बन्द गर्दे भन्दैछन अनि फेरी यिनिहरु लाई नै पर्यटन व्यवसाया फस्टाउन पर्याछ, गर्न खोज्या चाही के हो ? कसैले बुझाइ देउ न मलाई