नेपालमा केही गलत बुझाइ सत्यजस्तै स्थापित छन् । त्यसमध्ये केही त प्रायोजित पनि छन । प्रायोजितलाई पर सारेर सर्वसाधारणले गहिरो विश्वास गर्ने ५ गलत बुझाइ (मेरो बुझाइमा) तल प्रस्तुत गरेको छ ।
१. सरकारले उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्छ ।
टिप्पणी: सार्वजनिक वस्तु उत्पादन गर्न वा निजी क्षेत्रले लगानी नै नगर्ने क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राज्यले कलकारखाना वा उद्योग चलाउनु स्रोतको दुरुपयोग हो । यसले निजी क्षेत्रलाई कमजोर मात्र बनाउँदैन, देशको सम्पत्तिको नोक्सानी पनि हुन्छ । वस्तु र सेवाको उत्पादन गर्ने काम निजी क्षेत्रको हो र सरकारको काम यसको उचित नियमन र सुपरिवेक्षण हो ।
२. विकास गर्न जाने र भ्रष्टाचार रोक्न सके देशकै साधनस्रोत प्रयोग गरेर युरोप-अमेरिका जस्तो बनाउन सकिन्छ ।
टिप्पणी: नेपालसँग युरोप-अमेरिकाको दाँजोमा भौतिक पूर्वाधार स्थापना गर्ने आन्तरिक क्षमता छैन, कहिलै थिएन । सबैकुरा ठिक ठाउँमा रहँदा पनि नेपालले संसारलाई बेच्ने वस्तु र सेवाबाट ठुलो आर्थिक समृद्धि सम्भव हुन निकै समय लाग्नेछ । नेपालले आफ्नो लक्ष र सम्भावनामा गम्भीर हुन आवश्यक छ ।
३. विदेशमा गएका नेपालीको लगानी देशभित्र ल्याउन सके यसबाट आर्थिक समृद्धि हासिल हुनेछ ।
टिप्पणी: क्षमता भएका लगानीकर्ताले नाफाको सम्भावना देखे लगानी गर्छन्, नदेखे गर्दैनन् । विदेशी लगानीका लागि उपयुक्त तथा नाफा कमाउने वातावरण भए नेपालीबाहेक अरूले पनि लगानी गरिहाल्छन् । विदेशमा बस्ने नेपालीले लगानीका नाममा सहुलियत र सम्मान खोजेका हुन्, लगानी गर्ने अवसर होइन । त्यसैले, नेपालका नीतिनिर्माताले एनआरएनका मोलाहिजामा नफसी विदेशी लगानीका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।
४. विदेशका धनी देश नेपालको राम्रो चाहँदैनन् ।
टिप्पणी: विदेशी र विशेष गरी अमेरिका-युरोपका धनी देशलाई नेपालसँग ३ कुराको मात्र चासो छ -बजार, सुरक्षा र आप्रवासी । अर्थात्, उनीहरू यो चाहन्छन् कि नेपालमा आफ्नो सामान बेच्न पाइयोस्, यहाँको सुरक्षा अवस्था नबिथोलियोस् र यो देश शरणार्थीको उद्गमस्थल नबनोस् । उनीहरू नेपालको संस्कृति, सामाजिक सद्भाव, इतिहास बिगार्न चाहन्छन् र नेपाललाई अशान्त राख्न चाहन्छन् भन्ने चिन्ता गलत हो । नेपाली समाजलाई अशान्त बनाउने कुरा विदेशको स्वार्थ विपरितको कुरा हो । नेपालको 'महानता'सँग प्रतिश्पर्धा गर्ने रहर उनीहरूमा छैन ।
५. इमानदार नेता भए देश त्यसै धनी हुन्छ ।
टिप्पणी: इमानदारिता राजकाजको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका हरेक मानिसमा हुनुपर्ने आधारभूत पूर्वशर्त हो । इमानदारिता नभएको नेता वा प्रधानमन्त्रीले देशलाई ठुलो हानी गर्छ । तर, इमानदारिता सत्ता चलाउने योग्यता होइन । इमानदार मात्र भएर एक व्यक्तिले राज्य वा यसका कुनै संस्थालाई सही नेतृत्व दिन्छ भन्ने छैन । नेतृत्व क्षमताअन्तर्गत् सुझबुझ, अरूसँग सहकार्य गर्नचाहने मनोवृत्ति, लचकता, विनम्रता आदि विभिन्न विशेषता पर्छन् । संसारका विभिन्न विपन्न देशहरूको इतिहासलाई हेर्ने हो भने तिनीहरूको विपन्नतालाई जटिल बनाउने काम तिनै नेताले गरेका छन् जसले आफू इमानदार भएको दावी गरेका थिए ।
अहिले काङ्ग्रेस कार्यकर्ताको मनोदशा !
१) अब के हुन्छ ?
२) अनि त्यसपछि ?
• एउटा कुरा चाहिँ प्रष्ट छ। 'मै हु' भन्ने नेताहरुको नलायकी कै कारण यत्रो गर्विलो ईतिहास र आशा लाग्दो भबिष्य भएको पार्टीलाई हुडारले सिनो लुछे जस्तो लुछाचुडि गर्ने ठाउमा पुर्याए।
ब्रेक बिनाको गाडिमा हुईकिरहेको स्मार्ट सरकार सुनसरी र सिरहामा दुर्घटनाग्रस्त भएको खबर छ।
(यो भन्दा ज्यादा लेखौ भने तेरो देउवा, वली, प्रचण्डको शासन पनि देखेकै हो भन्दै गालिगर्न आउछन। डर लाग्छ।)
बीपी कोइराला अग्लो हुनुहुन्थ्यो।धेरै हिसाबले।शारीरिक उचाइका हिसाबले । राजनीतिक 'हाइट'का दृष्टिले।राष्ट्रिय–अन्तर्राष्ट्रिय इज्जतको ‘स्केल’ले । साहित्यमा उहाँको अमिट छापका कारण।बीपीले लगाएको ‘जुत्ता’मा खुट्टा हालेको बखान गर्न जति सजिलो छ, उहाँका मूल्य–मान्यता बाँच्न त्यति नै मुश्किल छ । बीपीलाई न मिडियाले नेता बनाएको हो, न एल्गोरिदमले । त्यसैले त यतिका वर्षपछि पनि बीपीको ‘चमक’ यथावत् छ ।
आज कांग्रेसीहरूले एउटा बीपीको नाममा, दुई ठाउँमा भाषणबाजी गर्नेछन। सुनेर बीपी फिस्स हाँस्नुहुनेछ।
बीपीको जुत्ताको साइज धेरै ठूलो थियो। आजका कांग्रेसी नेतालेआआफ्नै साइजको जुत्ता इमान्दारीसाथ लगाएर आपसी सद्भाव र मेलमिलाप कायम गर्न सके ठूलो उपलब्धि हुनेछ । मिल्न नसने फुट्दा हुन्छ।
यसै पनि आजको नेपालमा, कांग्रेस संसदमा र प्रदेशमा रहेका धेरैमध्ये फगत एउटा पार्टी हो ।
अनि अब त प्रदेशहरूमा बन्न थालेका नयाँ गणितले प्रदेशमा सत्ताबारे, कांग्रेसको दुईजिब्रे भाषणबाजीको दुःख सायद पनि सकिनेछ। दिउसो एउटा,राती अर्कै कुरा गर्ने र मिडियामा तेस्रो कुरा छपाउने दुख।
अतुल्य राजनेता,महान् साहित्यकार बीपीप्रति हार्दिक श्रद्धासुमन 🙏
हल्लो छिमेकीहरु ९० मिनेट सम्म मामुली स्पेनलाई सानदार डिफेनस गरेकोमा बधाई !
खेल हो, हारजित हुन्छ। यसलाई गगन-देउवा टिमको जस्तो ईगोको बिषय नबनाऊ,हामी मिलेर अगाडि बढौ।
सहमतिमै मेस्सिको अर्जेन्टिनालाई विश्व कप जिताओैं।
#FIFAWorldCup2026#PORVSSPN
1942: A Love Story सिनेमा(१९९४) हेरेपछि भारतीय नेता अटलविहारी बाजपेयीले भनेको सम्झिन्छु, 'आजादी के लडाईं तो हम भि लडे थे, लेकिन हमारी लडाई इतनी रोमाण्टिक नही था, कठिन था।'
लोकतन्त्रको लडाईं अति कठिन थ्यो, लोकतन्त्रमा मोबाइलमा अौला घुमाएर सत्तामा पुग्नेहरूलाई रोमाण्टिक लागिरहेछ ।
मेस्सी GOAT नै हो रै छ, रोनाल्डोका फ्यानहरुलाई रोनाल्डोले दिन नसक्या खुसि पनि मेस्सीले दिईराख्याछ।
नपत्याए हेर्नुस न मेस्सीको एउटा पेनाल्टी मिस हुदा पनि कत्ति खुसि भएका।
😀
#worldcup#arjentinafan
मेरो फेबरेट टिमले सानदास गोल सहित आफ्नो डिफेन्डिङ च्याम्पियनवाला रवाफ देखाउदै छ।
हाफ टाईम भईसक्दा पनि प्रधानमन्त्री सरको एउटै स्टयाटस आएको छैन, कतै प्रधानमन्त्री सरको फेबरेट टिम अल्जेरिया त होइन? त्यसो हो भने त सरी ल ! 😉
#FIFAWorldCup2026#ARGvsALG q
देशको राजनिती स्टण्ट र स्ट्याटसवाट चलिरहेको समय छ। सरकार र मन्त्रीले बोल्ने भाषा देखि सिंहदरबारवाट गर्ने निणय सम्म TRP मा आधारित छ। त्यसैले यस्तो प्राईम टाईममा दरबार हत्याकाण्ड मात्र किन कोतपर्व र भण्डारखालपर्वको पनि छानबिन गरे हुन्छ। भ्युज राम्रो आउँछ।
🐒🦍
रवि लामिछानेको लेख अमीत शाह र मोदीले मन पराए -समाचार ।
अवश्य ! आफूले परिचालित गरेका व्हाट्सएप सेनाबाहेक कसैले न कसैले त आज “भारत प्रगतिपथमा लम्किरहेको छ, हामी यसबाट लाभान्वित हुन चाहान्छौँ” भनिदियो । यो त मोदी, शाहको कानमा बजेको दूर्लभ संगीत हो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ वार्ता–
नेपाल र भारतबीच लामो सिमाना भएका कारण कतिपय ठाउँमा खेती कमाइ गरिएको जमिनको हकमा ‘क्रस होल्डिङ अकुपेसन’ भएको छ। भोगचलन मात्र दखल छ । कहिँपनि नेपालले मिचेको छैन ।
#onlinekhabar
https://t.co/oo3lDjN1Nc
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
परम्परा जाओस् भाँडमा तर संविधानमा प्रधानमन्त्री संसदप्रती उत्तरदायी हुन्छ भन्ने त प्रष्टै छ । संविधान पनि भाँडमा जाओस् भन्नू पर्ने ? संसदमा बक नफुट्ने प्रमको सेनाको कार्यक्रममा बक फुट्छ भने प्रश्न किन नसोध्ने ? संसदमा बालेनबाट कसैले ४ घन्टाको प्रवचन खोजेको छैन ।