प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।
#amgtimes#amgt#Biratnagar#koshipradesh
क्याम्पस प्रशसनले मतदाता नामावली प्रकाशन नगरेको तथा नेवी संघको पक्षमा विद्यार्थीसंग भोट मागेको आरोपमा महेन्द्र मोरङ्ग क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तालाबन्दी ।
#amgtimes#amgt#biratnagar#mmamc
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् साथै नेपाल सरकारले प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ ।
#amgtimes#amgt#amgt#PMO#neplacricketteam
जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदबार रामसाहय यादवले गरे नागरिक उन्मुक्ति पार्टीका उध्यक्ष रेशम चौधरीसँग थानामा भेटबार्ता ।
#amgtimes#amgt#ramsahayayadav
बुटवलको बजार क्षेत्रमा बुटवल उपमहानगरपालिकाले लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने गरिएको गुनासो यातायात व्यवसायीले गरेका छन् ।
#amgtimes#amgt#Butwal#buspark
नेपाल तरूण दलको केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङबीच छलफल भएको छ।
#amgtimes#amgt#tarundal#NepaliCongress
मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालुको अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् ।
#amgtimes#amgt#RastraBank#protest
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ को केन्द्रीय कमिटी भयो विघटन, महाअभियानका संयोजकदुर्गा प्रसाईले मंगलबारबाट संयोजक र प्रवक्ताबाहेक सम्पूर्ण केन्द्रिय कमिटी बिगठन गरिएको दिए जानकारी ।
#amgtimes#amgt#durgaprasai
चीनमा बुधबारदेखि विदेशी नागरिकलाई भिसा जारी गर्न सुरु गरिनेछ । कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्धलाई हटाउने क्रममा यसलाई ठुलो निर्णय मानिएको छ ।
#amgtimes#amgt#VISA
महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी थिइन् ।
#amgtimes#amgt#SupremeCourt
इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौतागरियो, व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरिएको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख ।
#amgtimes#amgt#iran#Belarus
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् ।
#amgtimes#amgt#ChiefMinister#khagarajadhikari
बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ, पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा ।
#amgtimes#amgt#arrested
उच्च अदालत विराटनगरको आदेश अवहेलना गर्दै बर्जु गाउँपालिका, बर्जु ५ स्थित मिलन चोकमा रहेको सुकुम्बासी बस्तीमाथि पालिकाले डोजर लगाउने बारम्बार प्रयास गरेको स्थानीयको गुनासो ।
#amgtimes#amgt#baju
विदुर नगरपालिका–१ ढुंगेबजारमा आगलागी हुँदा जस्ताको टहराभित्र रहेका तीन वटा पसल जलेका छन् । विद्युत् सट भइ आगलागी भएको प्रहरीले बताएका छन् ।
#amgtimes#amgt#fire
चित्रबहादु केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।
#amgtimes#amgt#chitrabahadurkc