आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पछ्याउदै विजयी भएको छ।
नेपालले १४.४ ओभरमा लक्ष्य भेट्टाउदै यूएईलाई नेट रनरेटमा उछिनेर समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा समेत छनोट भएको छ ।🏆🏆
हार्दिक बधाई नेपाली यू-१९ महिला टिम 👏👏🎉🎉
लगातारको वर्षाका कारण जनजीवन निकै प्रभावित भैरहेको देखिन आएको छ। यस अवस्थामा सबैलाई सचेत रहन विनम्रता पुर्वक आग्रह गर्दछु र सम्पूर्ण कमरेडहरुमा अपिल समेत गर्दछु। नागरिकको जिउ-धनको सुरक्षामा अत्यन्त जिम्मेवार रहनु होला।
आज एक विशेष दिन भाई बहिनको अटुट सम्बन्धलाई प्रगाढ बनाउने पर्व रक्षा बंधन तथा जनै पूर्णिमाको शुभ उपलक्ष्यमा सम्पूर्ण दाजु-दीदी, भाई-बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रदेय अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।" समृद्ध नेपाल , सुखी नेपाली " निर्माणको महान अभिलाषा पूरा गर्ने यात्रामा यो कार्यकाल थप उपलब्धिमुलक बन्न सकोस् , हार्दिक शुभकामना छ ।
नेकपा एमालेका अध्यक्ष आदरणीय नेता क. केपि शर्मा ओलि @kpsharmaoli नेपालको संविधान धारा ७६ (२) अनुसार नेपालको प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभकामना व्यक्त गर्दछु।
भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, संस्कार र संस्कृति अँगालेका नेपालीहरू बिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माण गरी राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । तसर्थ, हामी पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट एकीकरण गरेका थिए भन्न सक्दछौँ ।
कुनै पनि व्यक्तिको योगदानलाई वर्तमानको आँखाबाट होइन, तत्कालिन समय र सन्दर्भको आधारमा मूल्याङ्कन गरिनु पर्दछ । भानुभक्त आचार्यद्वारा रचित साहित्यिक कृतिहरूलाई पनि हामीले आजभन्दा २०० वर्ष अघिको नेपाली समाजको चेतना र चिन्तनको सापेक्षतामा मूल्याङ्कन गर्नु पर्दछ।
आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा दुईवटा यात्रुबाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यूका साथै यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडी लगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु । वेपत्ता यात्रुहरूको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेहरूको उपचारका साथै मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा राहत एवं उद्धारका साथै वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गर्दछु । साथै, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्दछु । @moha_nepal