एक सफाई कर्मचारी
सडक किनारामा
फोहोर जम्मा गर्दैछ
एक सेठ फोहोर भरेर
उसैको छेउमा फाल्छ
दुईचार छिटा पर्छन्
कर्मचारीका पाउमा
तर उ आफ्नो काम
उसैगरी चालु राख्छ...
केही समय पछि
उस्को छेउबाट कोही
हिँडीरहेको हुन्छ
मान्छे नकटेसम्म उस्ले
झाडु लगाउन रोक्छ...
मानव हुन-
कति सजिलो छ आखिर❤️