FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
I’ve been watching football for a long time, but I’ve never seen a masterclass quite like this. What would you do if every single thing you tried got ruled out? It’s brutal. Imagine putting your heart into the game, only for every goal to be marked offside. Hats off, Mr. Flick.
Balen को ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो ?
काठमाडौँ महानगरले बालश्रम र शोषणमा रहेका करिब ५० जना बालबालिकाको उद्धार गरेर तिनको हेरचाह गरिरहेको रहेछ । तीन महिनाअघि एमाले प्रदेश सांसद रेखा शर्माको घरबाट १४ वर्षकी एक बालिकाको उद्धार गरिएको रहेछ ।
त्यो उद्धारसँग बालेनको प्रत्यक्ष सम्बन्ध पनि रहेनछ ! महानगरले बालबालिकाको हक़, सुरक्षा र श्रमशोषणबारे अध्ययन गर्न र सचेतना फैलाउन केही विद्यार्थी स्वयंसेवक नै छनोट गरेर विभिन्न क्षेत्र र विद्यालयमा पठाएको रहेछ ।
बालेन होइन, तिनै विद्यार्थीको टोली ती बालिका पढ्ने विद्यालयमा पनि पुगेको रहेछ । विद्यालयमा कुनै एक शिक्षकलाई बालसंरक्षणको फोकल पर्सन तोकिएको हुन्छ । तिनै शिक्षकको समन्वयमा आफ्ना आमाबुबाबाहेक अरूसँग बस्ने पाँच जना विद्यार्थीको नाम टिपेर त्यो टोलीले बालअधिकार र श्रमबारे केही प्रश्न सोधेको रहेछ ।
तिनै पाँच जनामध्ये एक बालिकाले विगत छ वर्षदेखि आफूलाई बन्धकजस्तै बनाएर राखिएको र घरपरिवारसँग भेट गर्नसमेत नदिइएको जबाफ दिइन् । हात, पाइप र लठ्ठीले पिटेर यातना दिने गरेको अनि घरमा पोछा लगाउनेदेखि बगैँचा रेखदेख गर्नेसम्मका काममा लगाउने गरेको जबाफ उनले दिएपछि विद्यार्थीको त्यो टोली अचम्म पर्यो । यो उत्तरले जसलाई पनि सजग बनाउन सक्थ्यो र पर्थ्यो । श्रमशोषण र यातना दुबै गम्भीर अपराध थिए ।
जब यो जानकारी मेयर बालेनसम्म पुग्यो, उनले त्यही गरे, जे म या तपाईं भएको भए गर्ने थियौँ । बालसुरक्षा कानुनी जिम्मेबारी पनि हो । गत जेठ १४ गते उक्त बालिकाको उद्धार भयो । नेपाल प्रहरी, बालबालिका खोजतलास गर्ने सरकारी निकाय, सम्बन्धित वडाका जनप्रतिनिधि र महानगरको बाल-उद्धार कर्मचारीसहितको टोलीले उनलाई उद्धार गरेको रहेछ । उनलाई अस्थायी संरक्षण गृहमा राखिएको थियो ।
यो गम्भीर अपराध भएकाले नेपाल सरकार र प्रहरी आफै वादी भएर तत्काल कानुनी उपचार खोजिनुपर्ने थियो । तर यहाँ राजनैतिक कनेक्शन बीचमा आयो । प्रहरीले आलटाल गर्यो ।
सांसद शर्मा दाङ् जिल्लाकी हुन् र त्यहाँ केही वर्षअघिसम्म पनि कमैया र कमलरी प्रथा कायम थियो । कुनै तलब र सुविधाबिनै बन्धक जस्तै बनेर थारू समुदायका बालबालिकादेखि महिला-पुरुषसम्म जमिन्दारको घरखेतमा काम गर्थे । पाँच-सात वर्षका कलिला बालिकाले जूठा भाँड़ा माझ्दै गरेको दृश्य सामान्य थियो । हरेक वर्ष माघीमा कलिला बालिकालाई कमलरीको रूपमा बेचबिखन हुन्थ्यो । यो पूर्वतिर धेरैलाई थाहा नभए पनि मध्यपश्चिम नेपालको पाशविक इतिहास थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५७ साल साउन २ गते यो प्रथालाई औपचारिक बन्देज गरिएको भए पनि आर्थिक रूपले विपन्न हुनाले अझै पनि यो समुदाय श्रमशोषणको मारमा छँदै छ । एमालेकी प्रख्यात युवानेतृ शान्ता चौधरी स्वयं पूर्व कमलरी हुन् ।
यो उद्धारपछि प्रहरीले नै अगाडिको काम कारवाही गर्नेछ भन्दै महानगर कुरेर बसेछ । तर प्रहरीले मुद्दा दर्ता गर्नुअघि नै उल्टो महानगरले आफ्नी छोरी अपहरण गरेको र भेट्न समेत नदिएको भन्दै छोरीको बुबा अदालत पुगेछन् । यहाँ लोभलालच, धम्की प्रयोग भएको थियो या बुबाको स्वेच्छा थियो भन्ने खुलेको छैन । प्रायः अलिकति पैसा लिएर छोरीलाई कामदारका रूपमा पठाउने त्यहाँको पुरानो चलन थियो । छोरी कामबाट हटेपछि पैसा फिर्ता मगिएको हुनसक्छ ।
महानगरले लहड़को भरमा उद्धार गरेको थिएन, अदालतले अपहरण मान्ने कुरो भएन । बालिकाले त्यही बयान त्यहाँ पनि दिइन् । अझ बुबा भनिने त्यो व्यक्तिलाई त उनले चिन्न पनि सकिनन् । स्कुलको रेकर्डमा बाबुको नामसमेत अर्कै टिपाइएको रहेछ । अदालतले त्यो रिट खारिज गर्यो र महानगरलाई नै संरक्षण गर्न आदेश दियो ।
यसैबीच प्रहरीले जाहेरी लिएको र अनुसन्धान अघि बढाउने सम्भावना देखेर सांसद रेखा शर्मा धरपकड़ नगर्ने निषेधाज्ञा आदेश माग्दै आफै अदालत गइन् । मुद्दामाथि मुद्दा हुँदै जाँदा गत साउन २३ गते निषेधाज्ञा दिन अदालतले अस्वीकार गर्यो । अब प्रहरीले यो केस अघि बढाउन या पक्राउ गर्न बाटो खुल्यो । तर प्रहरी माथिल्लो दबाबमा पर्यो ।
बालिकाको भरणपोषण र शिक्षादीक्षा हेरिरहेको महानगरले प्रहरीलाई यो केसमा मुद्दा दर्ता र छानबिन के हुँदै छ भनेर गत भदौ ९ मा समेत लिखित रूपमैं सोधेको रहेछ । तर कतैबाट जबाफ आएन । तपाईं या म रेखा शर्माको ठाउँमा भएको भए तत्काल पक्राउ पर्ने केस थियो यो । तर उनी सत्ताधारी दलकी सांसद थिइन् !
अब तपाईं बालेनको ठाउँमा आउनुहोस् र सोच्नुहोस् । तपाईंसँग के विकल्प बाँकी रहन्थ्यो ? यो विषयलाई यत्तिकै छोड्ने या आफ्नो पदीय र मानवीय दायित्व पूरा गर्दै सकेको गर्ने ? सामान्य घटना थिएन यो । गम्भीर बालअधिकार उल्लङ्घनको घटना थियो । उन्मूलन भएको कमलरी प्रथाको अवशेष थियो । एक साँझको झोक या भावुकताको कुरो थिएन । चार महिनादेखि न्यायलाई दबाउने अनेक कदम।
१२ कक्षापछि अस्ट्रेलिया गएको साथीले किनेको जग्गामा म चप्पल लाएर इभिनिङ वाक गर्छु। सेकेन्ड डिभिजन लिएर अमेरिका गएको साथीले किनेको घरको चिल्लो टायलमा आफ्नो अनुहार हेरेर आफैलाई भन्छु- म त जान्ने भएर बिग्रिएँ! https://t.co/IAamlzhyMd
यी आपत्कालीन फोन नम्बरहरू प्रत्येक नागरिकलाई कण्ठस्थ हुन जरुरी छ। विषेशगरी विद्यालयका बालबालिकालाई। कण्ठ गर्न सकिन्न भने, मोबाईलमा सेभ गरौँ।
कहीँ कतै आपत्कालीन अवस्था आए, कम्तिमा तत्काल १०० मा फोन गरेर मद्दत माग्ने बानी बसालौं।
सांस्कृतिक सहर कान्तिपुरी नगर। मेयर उपमेयर दुवै काठमाडौंको संस्कृतिको प्रवर्द्धनमा। काठमाडौंले मेयर कप फुटबल प्रतियोगिता जितेपछि खुसीयाली साटासाट गर्दै। 😍😍
Some important symbols in mathematics and logic 📄
∀ - For all (universal quantifier)
∃ - There exists (existential quantifier)
∈ - Element of
∉ - Not element of
⊂ - Subset of
∪ - Union
∩ - Intersection
⇒ - Implies
⇔ - If and only if (equivalence)
∅ - Empty set
∧ - Logical AND
∨ - Logical OR
¬ - Negation
→ - Conditional implication
≡ - Equivalent
⊕ - Direct sum or XOR in logic
⊗ - Tensor product
≤ - Less than or equal to
≥ - Greater than or equal to
≠ - Not equal to
नरेन्द्र गाउँले काठमाडौंका मेयर बारेमा भन्छन्:
स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफै वीर हस्पिटल पुग्ने हाम्रो एभरेज नेतृत्व छ !
ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ।
एउटा योजना या नीति बन्न महिनौंको अध्ययन, कसरत, छलफल, तथ्याङ्क प्रशोधन र तैयारी चाहिन्छ ।
तर आज काकतालीले कुनै विज्ञता नभएको क्षेत्रमा मन्त्री बन्यो, भोलिपल्टबाट निर्णय र निर्देशनका वर्षा गर्न थाल्यो जस्तो हाम्रो राजनीति छ !
काठमाडौंका मेयरको शैली भने अलि बेग्लै छ । हातमा कुचो बोकेर ब्रुमरमाथि चढेको उनको स्टन्ट वाला फोटो देख्नुभएको छैन होला । दर्जन मिडियालाई चिया ख्वाउँदै राजधानीलाई विश्वकै नमुना शहर बनाएको भन्ने जस्तो भाषण पनि पक्कै देख्नुभएको छैन । चुनाब लड्दै गर्दा मोनोरेलदेखि मेट्रो रेलसम्मका गफ गरेको पनि देख्नुभएको थिएन ।
मिडिया हेर्दा हाम्रा अन्य नेताले काम नै काम गरेको र देशलाई अद्भुत समृद्धितिर डोऱ्याउँदै गरेको र त्यसमा बालेनको उपस्थिति शून्यजस्तो लाग्छ । न टाउको हल्लाई हल्लाई अन्तर्वार्ता, न साधनस्रोतभन्दा ठूला योजना र सपना, न सस्तो स्टन्टबाजी, न नयाँ युग शुरू भएको भन्ने होर्डिंग बोर्डहरू, न पत्रपत्रिकाभरि ज्याकेट विज्ञापन, न कुनै काण्ड र घोटालाका खबरहरू !
तर मिडिया नहेरी काठमाडौंलाई हेर्नुभयो भने चित्र अलि बेग्लै लाग्न सक्छ । पक्कै काठमाडौं स्विट्जरल्याण्डका शहरजस्तो सफा र व्यवस्थित छैन तर केही वर्षअघि जताततै डम्पिङ् साइट जस्तो देखिने दुर्गन्धित शहर पनि छैन । बाटा र गल्लीहरू सफा छन् । फूल र बोटबिरुवाहरू हुर्काइँदै छन् । सार्वजनिक जग्गा र खुला क्षेत्रको संरक्षण र अधिकतम नागरिक उपयोगतिर ध्यान पुगेको छ, हिजो फोहोर फाल्ने ठाउँमा पुरिएका ढुङ्गगेधाराहरू उत्खनन हुँदै छन् ।
आज पनि धुलोको तुवाँलो त देखिन्छ तर आफ्नो बलबुताले भ्याएसम्म धुलो नियन्त्रणका लागि महानगर इमान्दारीपूर्वक लागेको छ भन्ने पनि देखिन्छ । शिक्षादेखि सार्वजनिक शौचालय र स्थानीय सांस्कृतिक सम्पदादेखि राजश्वका स्रोतसम्म महानगरको कसरत स्पष्ट देख्न सकिन्छ । थोरै भएको होला, तर केही उल्लेख्य भएको छ , मुख्य कुरा हुँदै नभएको कुराको राज्यस्रोत दुरुपयोग गरेर प्रचार प्रसार भएको छैन ।
हो, अलिकति फुटपाथ व्यापारका समस्या होलान् । केही निर्णयहरूमा भावुकता या लहडको मात्रा धेरै भएको आरोपहरू होलान् । अलिकति राजनैतिक चरित्र र लचकताको इश्यु होला । आफ्नो मेयरलाई अलि सजिलो सँग भेट्न पाउनुपर्ने अपूर्ण चाहनाहरू होलान्, अलिकति 'एटिट्यूड'का प्रश्नहरू होलान् । केही सिक्न र केही सुधार गर्न बाँकी होला ।
तर, राजनीतिमा आएको एउटा फ्रेस युवाले काठमाडौं जस्तो अत्यन्त अव्यवस्थित र दुर्गन्धित शहरलाई जे जति उपचार गरेको छ, गर्ने प्रयास गर्दै छ, त्यो सराहनीय छ । कामको आधारमा टीकाटिप्पणी स्वाभाविक हो, तर व्यक्तिगत या आर्थिक चरित्रबारे आजसम्म औंला उठाउने अवसर कसैले पाएको छैन । कम्तिमा एउटा मेयरले चाहने हो भने केही हुन सक्ने रहेछ भन्ने नजीर स्थापना भएको छ । नगरसभाभित्र हिजो विरोध गर्नेलाई पनि उनले साथ लिएर हिँडेको दृश्य पनि हेर्नुभएकै होला ।
सबै कुरा गर्न त एक्लै मेयरले सक्ने कुरो पनि भएन, साधनस्रोतले भ्याउने कुरो पनि भएन । कति नीति र योजनाहरू पूरा नहुँदै एउटा मात्रै पाटो हेरेर हामीलाई गलत लागेको पनि हुन सक्छ । पब्लिकलाई स्पष्ट बुझाउन नसक्नु उनको कमजोरी पनि हुन सक्छ ।
अझै पनि काठमाडौं विश्वकै प्रदूषित शहर छ । गर्न धेरै बाँकी छ । तर यो एउटा मेयरको सीमाभित्र मात्रै नहोला । कम्तिमा आज काठमाडौं विश्वकै फोहोर शहर छैन ! काठमाडौंले ऐतिहासिक र सांस्कृतिक इतिहास सम्झेको छ, पुनरुत्थान र संरक्षणतिर सोच्दै छ, त्यो वैभवलाई जोगाउन खोज्दै छ र साथसाथै एउटा आधुनिक शहरको रूपमा आफूलाई चिनाउन खोज्दै छ ।
कतै हाम्रा पुराना आशा र विश्वासझैँ यो पनि अस्थायी हो कि भन्ने डरचाहिँ लागिरहन्छ ।
तपाईंको अनुभव कस्तो छ ?
न कुनै याद
न कुनै सम्झना
फेरि पनि
कहिलेकाहीँ यसै यसै
बिथोलिन पुग्छ मन
हरायएर यत्रतत्र
निस्सासिन खोज्छ
रून खोज्छ
कराउन खोज्छ
बेगले भाग्न खोज्छ आफैबाट
कहिपर
फेरि एक्लै रनभुल्ल मा पर्छ
केही खोजेजस्तो
केही गुमाए जस्तो के हो?
आफैलाइ थाहा छैन
बस सताउछ मनले
कहिलेकाहीँ नमिठो गरि,,,!!