२०८२ चैत्र ०५ गते (बिहीबार)
मौसम सम्बन्धि चेतावनी : आज, भोलि र पर्सि मेघगर्जन/चट्याङ्ग/हावाहुरी/ असिना सहित वर्षा/हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।
२०८२ फागुन २६ (बिहान ८:५५ बजे)
हाल काठमाण्डौ उपत्यकामा साधारणतया बादल लाग्नुका साथै हुस्सु पनि लागेको छ। यति बेला उपत्यकाको तापक्रम १७ °C रहेको छ।
तपाईको तिर कस्तो छ मौसम ? कमेन्ट गर्नुहोला।
२०८२ फागुन १४ गते (बिहान ६:१५ बजे)
हाल देशका हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई तथा उपत्यकाहरूमा भने केही स्थानहरूमा हुस्सु लागेको छ।
मौसम सम्बन्धि जानकारी
२०८२ माघ ०९ गते (शुक्रबार) दिउँसो देखि माघ १० गते (शनिबार) बिहान सम्म विभिन्न ठाउँमा वर्षा/हिमपातको सम्भावना छ। कता कता पर्ला त ? हेर्नुस् तलको फोटोमा।
#snow#snowfall#rain
आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि मौसमसम्बन्धी चेतावनी।
मौसम सम्बन्धी थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुस् है- https://t.co/0KZOJ6T1fi
मौसम सम्बन्धि सूचना ।
मिति २०८२-०७-१० गते राती देखि मिति २०८२-०७-१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
@NDRRMA_Nepal