नेपालको प्रधानमन्त्रीलाई बौलाहा कुकुरले नटोकेको कुरा वहाकै मुखबाट सुन्न पाउँदा खुसि लागेको छ। प्रधानमन्त्री ज्यु स्वस्थ रहनुस्, तन्दुस्त रहनुस् र सतर्क रहनुस्। शुभकामना छ।
यस्तै पात्रहरु र यस्तै आचरणले परिवर्तन र व्यवस्था प्रति अविश्वास र घृणा समेत जन्माउँछ । अझ अघि आक्रोश र विस्फोट पनि जन्माउन सक्छ । सन्दर्भ सरकारका गतिविधिहरु ।
प्रधानमन्त्री वा राष्ट्राध्यक्ष जस्ता पदहरु स्वेच्छाचारी बन्न हैन राष्ट्रिय सामर्थ्य, क्षमता, वुध्दि र विवेकलाइ संगठित गर्न र देश र जनताको हितमा प्रयोग गर्नलाई हो । कोह�� सर्वज्ञानी हुदैन नत सर्वशक्तिमान नै। जनतानै सर्वोपरि र शक्तिशाली ।
म्यान्मारमा सैन���कसत्ताले लोकतन्त्र माथि आक्रमण गर्नुका साथै संघर्षशील जनताको आमहत्या समेत गरिरहेको छ। यसको निन्दा र भर्त्सना गरौँ जनताको संघर्षको समर्थन गरौं।
प्रमुख प्रतिपक्षी दलका नेताले " प्रधानमन्त्री हुन हतार नभएको " भने पछि ज्ञान गुनको प्रशंसा गर्ने कि सातचोटि प्रधानमन्त्री बन्ने ज्योतिषीय घोषणा गलत हुन लागेको हो, अन्योलमा परियो। कांग्रेसमा अरुले मौकानै नपाउने होकि कसो?