नेपालको पछिल्लो राजनितीक घटनाक्रमले यति कुरा चै सावित भयो कि नेपालमा पनि दुई दलिय ब्यवस्था रहेछ - नेकपा एमाले अनि अरु सबै एक। बादलको हारले त्यही परिणाम देखायो।
नखाउ भनो नखाई नहुने यो भात!! ति माथि सुत्नलाई झन्डै झन्डै तयारी भा अवस्थामा। म अरुथोक नै खान्छु भनम भने आफै किचनमा छिर्नुपर्छ 😁भो जे जस्तो छ त्यै खायो पल्ट्यो - जयभुँडी 😀😀
समय अनुसारको तनाव त जहिल्यै रहने - युवाअवस्थामा पढाई र प्रेमीकाको तनाव - त्यसपछि जागीर र बेहुलीको तनाव - ३० कटेसी छोराछोरी लालनपोषणको अनि बुढेसकालमा त्यही छोराछोरीको तनाव अनि नाती नातिनाको - तनावमुक्त हुने त स्वाशमुक्त मै होला!!
त्यो बेला कोरोना त थिएन तर था पाएरै होला मेरो दारी जुँगाले पनि छ फुटको डिस्टेन्स मेन्टेन गर्या - जे होस - न ब्लेडको टिन्सन न सैलुनको - मैनामा गोडा एक दुई चोटी पटाहा लगाए पुग्ने।
मलाई मेरो राष्ट्रपतिले मास्क नलगाउन पुर्ण स्वतन्त्रता छ भन्दैगर्दा मेरो जन्मभूमीको पिडाले मैलेपनि छोड्न सकिन :( मैले दुईचार वटा मास्क लगाएर केही राहत मिल्नेभए दिनहुँ लगाउने थिए - कस्सम ।