चार-पाँचवर्षअघि संखुवासभामा ६जनाको हत्या गरेका लोकबहादुरले नै हत्यारा पत्ता नलागेकामा स्थानीयले गरेको विरोध जुलुसमा सबैभन्दा अगाडि हिंड्दै 'हत्यारालाई फाँसी दे' भन्ने नारा लगाएका थिए।😂😂😜
[यो समाचार पढेर झल्याँस्स सम्झेको है, गाली नगर्नूस्, यीबिच कुनै संबन्ध छ भनेकै छैन नि।]
स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार गगन थापाको घर अगाडि गाडी तेर्स्याएपछि चालक भने नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए । गाडी तेर्स्याएका व्यक्ति प्रहरीकै भ्यानमा चढेर हिँडेपछि त्यहाँबाट हटाउन स्थानीयबासी डराएका छन् ।
ट्राफिक प्रहरी @valleytraffic ले मिडिया हाउसको गेटमा रोकिएका गाडीलाई कार्बाही गरेर सार्वजनिक गरेन भने बडेमानको २० चक्के ट्राफिक हेडक्वाटरको गेटमा लगेर पार्क गर्दिए हुन्छ ! सरकारले नै सिकाएको हो क्या रे !!
चिट महानगरीय प्रहरीले काट्यो होला, वाइकमा ह्विल महानगरीय प्रहरीले लगायो होला । स्थानीय सत्ता रास्वपाको थिएन होला । तर ६० प्रतिशत जलेको व्यक्तिलाई घिच्याँउदै सडक परिक्रमा गराउने पुलिस कस्को हो ?
अनि अस्ति प्रदेशको क्षेत्राधिकारमा रहेको सिटि रिक्सा ड्राइभरको ज्याकेट मिलाउँदै के नाटक गरेको ? सिटि रिक्सा संघीय सरकार मातहत पर्छ? अरूलाई पढाउनु अघि पढ्ने गर्नु! हातले काम गर्ने मान्छे हल्का दिमाग पनि चलाउनु !
गणेश नेपालीजी - स्तब्ध छु। लज्जित छु।तर संसदमा वा अन्य कतै,झुटो आंसु र दुखको सस्तो नाटक देखाएर,तपाईको आत्मदाहलाई थप अपमानित गर्न चाहन्न।तपाई जेनजी आन्दोलनमा लाग्नु भएको थियो क्यारे।कोही देश जलाउन सक्छन,कोही आफै जल्न बाध्य हुन्छन।किस्ताको बाइकको 'व्हिल लक' र एक हजारको जरिवाना पनि कसैका लागी जीवन-मृत्युको सवाल हुनसक्छ भनेर बुझ्नेहरुको ठांउ होइन यो।
हिजो दिनभरि मन भारी रह्यो। गणेश नेपालीको शरिरको आगोले, हामी सबैको मन र आंखाका काला कपटी कुनाहरु अलिकति भए पनि सफा पार्न सके त्यो नै गणेश नेपाली प्रति सच्चा श्रद्धान्जली हुनेछ। शोक सन्तप्त परिवारप्रति हार्दिक समानुभुति 🙏
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
थुन्दिन्छु । भाँच्दिन्छु । गाडिदिन्छु । आगो लाइदिन्छु भन्नेको मेन्टरशिपमा चलेका महानगर प्रहरी हुन् । अहिले एउटा झिल्के त्यसलाई बिषयान्तर गर्न रुन्छ । अनि थप धम्क्याएर भन्छ, ‘स्थानिय सरकारमा को छ?’
ठगहरूले ठगेको पैसा फिर्ता गर्न सरकारको ढुकुटी बाट तिर्न जायज ठानिन्छ, तर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन चाहिँ खर्च धेरै भयो भन्ने तर्क गरिन्छ।
गेमो टोलीले कतिन्जेल सन्तुष्टि देला गोल्डी दा
कुमार बेनको परिवारलाई राजनीतिक नियुक्ति दिदै ठिक छ यो सरकारलाई।
यसैको बिरोध गरेर आएको पार्टीको सरकार हुँदा नि यहि कामले निरन्तरता पाउनु घोर आपत्तीको विषय हो।
shame on you @ShahBalen
'सुकुमबासीको सरकारी खाना बन्द : बनेपामा चाउचाउ र चिउराको भरमा रात कटाए, नगरकोटका विस्थापितलाई सडकमै छाडियो' रे !
सरकारले केहि राम्रो सोचेरै यस्तो गरेको होला भनेर मानियो, बाँकी त हजुरहरू ज्ञानी हुनुहुन्छ !!
घन्टेले जित्यो भने यस्तै नम्बर सिस्टम लागु गर्छ र सबैतिर राजनीतिकरण गर्छ भनेर भोट नहाल्ने र नहाल्न प्रेरित गर्ने मान्छेले देशमा बस्न पाइन्छ कि पाइन्न ??
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏