कहिलेकहीँ साथीहरुले मलाई मन परेका किताबहरुको लिस्ट माग्नुहुन्छ ।
अनि फेरी भन्नुहुन्छ—
“फिक्सनचाहिँ होइन है !”
हो, फिक्सन नपढ्ने कसम खाएका साथीहरुले पनि—
कम्तीमा यो किताबचाहिँ पढ्नु । 💚
एक समय खिर खाएपछि घ्युले हात धुने चलन थियो । आजकल त मान्छेहरुलाई खिरपनि सुगर-फ्रि, दुध-फ्रि चाहिन थालेको छ । यसरी आँखैअगाडि खिरले आफ्नो असली हैसियत गुमाएको देख्दा मलाई भने औधी माया लागिरहेछ ! बरा 😀
समाज सुधार गर्ने मान्छेहरु त थुप्रै जन्मेलान् तर परिवारका लागि बिहान-बेलुका झुल्किने एउटा अनुहारको भने सदैव अभाव हुन्छ !
त्यसैले देशका लागि आत्महत्या नगरौँ । अँ, कसैका लागि पनि नगरौँ ! 🙂
अहिले १ रुपैयामा बिहे गर्ने ट्रेन्ड चलिरारैछ । विवाह नितान्त निजि कुरा भएपनि फोटोहरु हेर्दा त्यो कति रुपैयाको हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।
ए अँ ! १**** रुपैयामा कस्तो बिहे हुन्छ भनेर जान्न मन लागे तलको बिहेखर्च पढ्नुहोला । 😀