आदर���ीय प्रदीप गिरि दाइको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँसँग बिताएका पलहरू, उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैं मार्गदर्शन बन���रहनेछ।
अहिले राजिनामा दिई दुईमहिनापछि फेरि नेतृत्वमा जान नसुहाउँदो हुनाले समानुपातिकको टुङ्गो लगाएलगत्तै केन्द्रीय समितिको बैठक बसेर जेठमा महाधिवेशन घोषणा गर्दै कार्यसमिति तदर्थ भएको जानकारी गराइन्छ अनि पुरानालाई शुल्क नलाग्ने गरी सबै क्रियाशीललाई नयाँ निवेदन दिन लगाइन्छ।
#शुद्धि���रण_2_O
काँग्रेस रबर हो,जो तन्कन्छ चुँडिदैन-त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठ भन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ।मातृका र देउवा अपवाद हुन।देउवाले पार्टी मात्र फुटाएनन डेमोक्रेसी नै दरवारमा बुझाई दिए।गगन-विश्वका राजनितक एजेडा ठिक देखिए पनि ४०%को देउवापथ उनीहरुले त्यागुन।
हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा।
नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू,
जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं। हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।
तर त्यसो हुन सकेन । जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको ठहर गत भाद्र २७ गते बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्य समितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो।
यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका साथीहरूको माझ अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा मेरो प्रस्ताब राखेको छु।
1. अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न ��ुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।
2. आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गरा��ने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।
3. प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभू�� मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो म��ल जिम्मेवारी हो ।
4. नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।
5. संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।
6. पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभि��ान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुप���्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।
अन्त्यमा,
पार्टी सभापति शेरबहादुर देउवा लगायत देशैभरी कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढङ्गले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हा���ी घोर निन्दा गर्दछौं । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौं घाइते साथीहरू छन् । उनीहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
राजनीति र नेतृत्व यो स्तर सम्म झर्न सक्छ भन्ने शायद् तपाईहरूले पनि कल्पना गरेको विषय थिएन होला। एमाले भित्र रहनु भएका तपाई असल र इमान्दार कार्यकर्ताहरूले त ख्याल राख्नुस्।यो झोलेको तमासामा किन सहभागी हुनुहुन्छ? जनताले त विवेकहीन, लठैत,पत्रु, र लम्पटलाई पो झोलेको संज्ञा दिएका हुन।
खासमा कुलिङ पिरियड राख्न हुदैन १ घण्टापनि। राज्यले उहाँहरुको विज्ञताको भरपुर फाइदा उठाउँदै पहिलो दोस्रो तेस्रो नियुक्ति एकैपटक दिनु पर्छ। साथै पेन्सन्, दोस्रो जागिरको तलब भत्ता अनि त्यसपछि विज्ञ भएर छाटिने गफ र ज्ञानपनि हामीले सुन्न पाउन पर्छ।
अरु राजनैतिक पार्टिका नेताहरु ले आफ्नो दलको प्रमुख शत्रु देख्नु त स्वभाविक नै भयो नि किनकि गगन थापा देखेर काङ्ग्रेसी कै केहि नेताहरु को सात्तो पुत्लो जो उड्या छ ।
केहि मिल्नु पर्दैन एक थान फोटो भए पुग्यो बधाई दिनलाई!
सरुवा र बढुवा को लिस्ट आउनुपर्छ अनि साथीभाई का नाता प्रहरि मा टन्नै छन भनेर थाहा पाइन्छ नत्र ज्यानजाला भन्दैनन् काम लगाउछ भनेर!😃
��ंविधानको सिधा अर्थ धारा ७६ को उपधारा २) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो। तर,सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो।