पानीमा मोबाइल चोबल्ने, भिरबाट टेम्पो खसाल्दिने, १ नाङलो काफल देखे छरपस्ट पारिदिने, साईकलमा सामान बेचे सिंघम शैलीमा जाई लाग्ने स्पिड अब किसानको चिया र मलमा देखिएको समस्या हल गर्न पनि देखियोस्।
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
किरियापुत्री भेट्न जाँदा सीसाको फ्रेममा श्रद्धाञ्जली लेखेर दिने, अनि फोटो खिचेर फेसबुकमा हाल्ने चलन कसले सुरू गरेको होला ? काजकिरिया सकिए पछि बोक्नु न टोक्नुको त्यो फ्रेमहरू घरको भित्तामा टाँगेर राख्नु कि फोहोरको गाडीमा हालेर पठाउनु ?
किन यस्तो घाँडो सँस्कार निर्माण गर्दैछौँ ?
तपाईंलाई प्रश्न मन पर्दैन भने आइसक्रीम बेच्नुहोस्। तपाईं आफूलाई भगवान् नै ठान्नुहुन्छ भने मन्दिरमा बस्नुहोस्। तपाईंसँग दिनलाई आशीर्वाद मात्र छ भने फगत हात हल्लाउनुहोस् र मुस्कुराउनुहोस्। अन्यथा तपाईं राजनीतिमा नै आउनुभएको हो भने प्रश्न त आउँछन् नै—प्रश्नको जवाफ दिनुहोस्। र सबैभन्दा पहिले भन्नुहोस्, तपाईं देवताबाट मान्छे बन्नुहुन्छ कहिले?
यी मानिस कुन जुगका हुन्? यिनको ज्ञानको दयारा कति फराकिलो हो !
सरल शब्द चयन गरेर पनि कठिन बिषयबस्तु बुझाउन सक्ने यिनी कहाँ पढे होलान ? यिनका साथीहरु कस्ता थिए ? यिनी फुर्सदमा के गर्थे जान्न मन लग्यो।
हरपल इन्टरनेटमा टासीरहे पनि किन हाम्रा आखा खुलेनन् ?
स्वास्थ्यको मूल्य हामी बिरामी भएपछि मात्र थाहा हुन्छ।
त्यसैले
स्वास्थ्यको रक्षा गर्नु बिरामी भएपछि उपचार खोज्नेभन्दा धेरै बुद्धिमानी हो।
पैसा, प्रतिष्ठा वा सफलता सबै निरर्थक हुन्छन् यदि स्वास्थ्य छैन भने।
सन्तुलित आहार, व्यायाम, पर्याप्त आराम र मानसिक शान्ति कायम राखौं ।
दलीय आह्वानका आन्दोलन त अराजक भएको देखेका हामीले 'लुज ग्रुप'को आन्दोलन अझ अराजक हुने आकलन गर्नै पर्थ्यो। श्रीलंका र बांग्लादेशको पाठबाट नसिकेर आफैँ सोही प्रयोग गर्न तयार भयौँ। हामीले क्रान्ति गर्यौँ वा उकास्यौँ भन्दै गर्व गर्दा अनाहक जलाइएका संरचना पनि नबिर्सनु ल। सबको जय होस्!🙏
सत्ता र शक्तिको दुरुपयोग गरि बिधिको शासनलाई कसरी बलात्कार गरेका छन् त !
रबिलाई शहकारी ठग भन्ने अफ्ताव आलम र नक्कली शरणार्थी महारानी पुज्ने कांग्रेसका हरामी र उखान टुक्केका गुखाने अबैधहरु हो सुन
यस्तैलाई जयजयकार गरिरहे
भोलि यहि नियति तिम्रा सन्ततिलेपनि भोग्नुपर्ने हुन्छ, बुझ☝️