सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियम्।
प्रियं च नानृतं ब्रूयादेष धर्मः सनातनः॥
(सत्य बोल्नुपर्छ, मधुर/शिष्ट वचन बोल्नुपर्छ, अप्रिय ढंगले सत्य पनि बोल्नु हुँदैन। प्रिय लाग्ने तर असत्य कुरा पनि बोल्नु हुँदैन, यही सनातन (शाश्वत) धर्म हो)। -मनुस्मृति
Two contrasting views about MONEY:
One says- "LACK OF MONEY IS THE ROOT Of ALL EVILS".
The other says- "LOVE OF MONEY IS THE ROOT OF ALL EVILS".
- Rich Dad Poor Dad- by Robert T. Kiyosaki
विक्रम सम्बत २०८३ को संघारमा भएको राजनीतिक परिवर्तनबाट जनताले जे जस्तो अपेक्षा गरेका छन्, त्यसै दिशातर्फ सकारात्मक प्रगति देख्न पाइयोस् भन्ने शुभेच्छासहित सबैमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।
विरासत, इतिहास, संगठन, विचार, सिद्धान्त.....मतदाताले भाषण त सुने तर साढे तीन दशकदेखि सत्ताको वरिपरि रहने र सत्ता आफ्नो जन्मसिद्ध अधिकार ठान्ने प्रवृत्तिलाई यसपटक कठोर रूपमा ब्यालेटमार्फत थाङ्नामा सुताइदिए।
कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पदमा सरुवा वा पदस्थापन हुनु पदीय योग्यता पुगेको कर्मचारीका लागि दुर्लभ र अस्वभाविक विषय होइन, तरपनि कसै कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइन्छ।